दुर्गेशले एसईई परीक्षाभर कन्सर्ट नगर्ने | Khabarhub Khabarhub

दुर्गेशले एसईई परीक्षाभर कन्सर्ट नगर्ने


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


990
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापाले एसईई परीक्षा अवधिभर कन्सर्ट नगर्ने घोषणा गरेका छन् । कन्सर्टमा सहभागी हुँदा एसईई परीक्षा दिने दर्शकको ध्यान भंग हुने दुर्गेशको बुझाइ छ ।

दुर्गेशले बुधबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘परीक्षा हाम्रो जीवनको महत्वपूर्ण घडी हो । केवल मनोरञ्जनमा मात्र होईन उज्ज्वल भविष्यका लागि पनि म सधैं हजुरहरुकै साथमा हुनेछु ।… यदि म कार्यक्रम गर्दै हिँडेँ भने त्यसले पढाइलाई डिस्टर्ब गर्छ, ध्यान भंग गर्छ, अनि भविष्यमा असर पार्न सक्छ ।’

एसईई परीक्षा भोलि बिहीबारबाट सुरु हुँदैछ । अर्को साताभरीसम्म परीक्षा चल्नेछ । यो अवधिभर आफूलाई कार्यक्रमको लागि प्रस्ताव नगर्न उनले आयोजकहरुलाई आग्रह गरेका छन् । यसबाट पर्ने असुविधा प्रति उनले आयोजक समक्ष माफिसमेत मागेका छन् ।

पल शाह र समीक्षा अधिकारीको केसमा मुछिएपछि दुर्गेश लामो समय मेला महोत्सव र कन्सर्टबाट टाढा भए । पछिल्लो समय गीत ‘दुश्मन हेरेको हेर्‍यै’ सार्वजनिक भएपछि उनको चर्चा चुलिएको छ । यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा परेको छ ।

अहिले उनी कन्सर्टमा निकै व्यस्त छन् । उनको व्यवसायिक करिअर पुन: लयमा फर्किएको छ ।

विज्ञिप्तमा दुर्गेशले आफ्नो ‘कम ब्याक’ भएको उल्लेख गरेका छन् । कम ब्याक गराउने दर्शकको महत्त्वपूर्ण सयममा जिम्मेवार भएर साथ दिन कन्सर्टबाट विश्राम लिएको उनको तर्क छ ।

एसईई परीक्षा दर्शकको महत्त्पूर्ण समय भएको उल्लेख गर्दै उनले लेखेका छन्, ‘जब हजुरहरूका लागि महत्वपूर्ण समय आउँछ, मेरो जिम्मेवारी पनि त्यति नै ठूलो हुन्छ ।’

दुर्गेशको विज्ञप्ति :

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  २ : २० बजे

नेपाल लाइफ इन्भेष्टमेन्टले हकप्रद शेयर निष्काशन गर्ने 

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी

एभरेस्ट महिला भलिबल : कर्णालीका तीन विदेशी खेलाडी नेपाल आइपुगे

काठमाडौं – पोखरामा हुने ‘एभरेस्ट महिला भलिबल लिग’मा सहभागी हुन

एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम बाँडफाँड

काठमाडौं– एनआईसी एशिया क्यापिटल लिमिटेडले ल्याएको ‘एनआईसी एशिया इक्विटी लिंक्ड

रास्वपा उम्मेदवार डा. थापाले सार्वजनिक गरे वैवाहिक सम्बन्ध विच्छेदको कागज

काठमाडौं – बहुविवाहको विषयमा विवाद चर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

कोशी किनारमा पर्यटनको सम्भावना : सरकार उदासीन हुँदा सम्झौता बाधक

सुनसरी- सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित सप्तकोशी किनार धार्मिक पर्यटन, जल पर्यटन,