राष्ट्रियसभामा गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न माग « Khabarhub

राष्ट्रियसभामा गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न माग


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्ने कम्पनीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।

बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले भनिन्, ‘हामीले उपभोग गर्ने कतिपय गुणस्तरहीन खाद्यान्न र औषधि बिक्री भइरहेको समाचार आइरहेका छन् । सम्बन्धित निकायले गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्ने उद्योग तथा कम्पनीमा अनुगमन गर्नुपर्छ ।’

सांसद गङ्गाकुमारी बेल्वासेले सरकारले लामो समयदेखि आन्दोलनरत शिक्षकको माग पूरा गर्नुपर्ने माग गरिन्। 

उनले भनिन्, ‘अहिले शिक्षकहरू आन्दोलनमा छन्, यसअघि शिक्षकसँग सरकारले गरेको सहमति कार्यान्वयन हुन सकिरहेको छैन, त्यो सहमति कार्यान्वयन गरी शिक्षकलाई आफ्नो काममा फर्काउन अनुरोध गर्दछु ।’

शैक्षिक क्षेत्रको सुधारसँगै विद्यार्थी हकहितको आन्दोलनलाई मर्यादित ढङ्गले अगाडि बढाउनुपर्नेमा उनले जोड दिइन्। 

सांसद गोपीबहादुर सार्की अछामीले सरकारी स्वामित्वमा रहेका उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्ट कारखाना बन्द हुने अवस्थामा रहेको जनाउँदै सदनमार्फत सरकारको ध्यानाकर्षण गराए।

 उनले भने, ‘उदयपुर सिमेन्ट कारखानाको पाँच अर्ब दायित्व सरकारले मुक्तान गर्न सकिरहेको छैन, कच्चा पदार्थ खरिद गर्न बजेट छैन, तीन सयभन्दा बढी कर्मचारीले तलब पाएका छैनन्, यस्ता विद्यमान समस्याको समाधान गरी उद्योग सञ्चालन गरियोस् भन्ने माग गर्दछु ।’

सांसद जगप्रसाद शर्माले वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा बेपत्ता भएकी दाङकी लिला श्रेष्ठको खोजी गर्न सरकारसँग अनुरोध गरे। 

उनले भने, ‘दाङको तुलसीपुर उपमहानगरपालिका–१ निवासी श्रेष्ठ रोजगारीको सिलसिलामा दुबई गएको तीन वर्ष भएको छ । विगत एक वर्षदेखि उहाँ बेपत्ता हुनुहुन्छ, उनी आफन्तको सम्पर्कमा पनि हुनुहुन्न, परिवारले खोजी गरिरहे पनि अहिलेसम्म पत्ता लागेको छैन ।’ 

सांसद शर्माले दुबईस्थित राजदूतावास, परराष्ट्र मन्त्रालय र सरोकार भएका निकायसँग आवश्यक समन्वय गरेर श्रेष्ठको खोजी कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराए ।  

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  २ : ४८ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद