प्राथमिकताका आधारमा योजनाहरू छनौट गरौँ : उपप्रधानमन्त्री सिंह « Khabarhub

प्राथमिकताका आधारमा योजनाहरू छनौट गरौँ : उपप्रधानमन्त्री सिंह


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राथमिकताका आधारमा योजनाहरूको छनौट गर्नुपर्नेमा जोड दिएका छन् ।

बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा उनले नेपालको अर्थतन्त्रको अवस्थाको कारण प्राथमिकताका आधारमा योजनाहरूको छनौट गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले जुनसुकै योजना भन्दा पनि मुलुकको आवश्यकताका आधारमा योजना छनौट गर्ने र त्यसमा आवश्यक बजेट छुट्टाउन सके समयमा नै काम सम्पन्न हुनसक्ने धारणा राखे । सिंहले बागमती लगायतका उपत्यकाका नदीहरू सफाइका लागि नयाँ रणनीति बनाइरहेको जानकारी दिए ।

उपत्यकाका नदीहरूलाई सुधार्न गर्नुपर्ने धेरै कामहरू रहेको र डिजाइनमा देखिएको समस्याले देखिएका कठिनाइ सुधार गर्ने उनले बताए । 

बैठकमा शहरी विकास मन्त्रालयबाट भइरहेका कामकारबाहीका विषयमा छलफल गरिएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ४ : ५२ बजे

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको