सेतो मछिन्द्रनाथको आसन बनाउन भारतको २४ किलो चाँदी सहयोग  « Khabarhub

सेतो मछिन्द्रनाथको आसन बनाउन भारतको २४ किलो चाँदी सहयोग 


५ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुननिर्माणको क्रममा रहेको सेतो मछिन्द्रनाथको आसन निर्माणका लागि भारतीय दूतावासकातर्फबाट २४ किलो चाँदी आज हस्तान्तरण गरिएको छ । 

दूतावासका तर्फबाट काउन्सिलर अविनाश सिंहले चाँदी हस्तान्तरण गरेका हुन् । २४ किलो चाँदीको लागि भारत सरकारले ३९ लाख ५० हजार रुपैयाँ सहयोग गरेको थियो । भारत सरकारले उपलब्ध गराएको सो रकमले राष्ट्र बैंकबाट केन्द्रीय आयोजना कार्यान्वयन इकाईले चाँदी खरिद गरेको थियो । 

२०७२ सालमा आएको भूकम्पले क्षति पुर्‍याएको सो पुरातात्त्विक महत्वको मन्दिरको भारत सरकारकै सहयोगमा पुननिर्माणको काम भइरहेको छ । 

पुननिर्माणको समयमा लागत अनुमान गर्दा चाँदीको आसनको कार्य समावेश नभएपछि पुनः भारत सरकारलाई नै चाँदीका लागि आग्रह गरिएको थियो । 

शहरी विकास मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले ६ करोड २६ लाख लागतमा पुरातत्त्व विभागबाट स्वीकृत मास्टर प्लान र डिजाइनअनुसार मन्दिर प्रबलीकरणको ७५ प्रतिशत काम सकिएको बताएको छ । 

शहरी विकास मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना प्रमुख प्रकाश आर्यालले भवन प्रबलीकरण र सेतो मछिन्द्रनाथको आसन निर्माणका लागि चाँदी उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिँदै यसले नेपाल भारत सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ५ चैत्र २०८१, बुधबार  ६ : ०४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया