सेतो मछिन्द्रनाथको आसन बनाउन भारतको २४ किलो चाँदी सहयोग  « Khabarhub

सेतो मछिन्द्रनाथको आसन बनाउन भारतको २४ किलो चाँदी सहयोग 


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुननिर्माणको क्रममा रहेको सेतो मछिन्द्रनाथको आसन निर्माणका लागि भारतीय दूतावासकातर्फबाट २४ किलो चाँदी आज हस्तान्तरण गरिएको छ । 

दूतावासका तर्फबाट काउन्सिलर अविनाश सिंहले चाँदी हस्तान्तरण गरेका हुन् । २४ किलो चाँदीको लागि भारत सरकारले ३९ लाख ५० हजार रुपैयाँ सहयोग गरेको थियो । भारत सरकारले उपलब्ध गराएको सो रकमले राष्ट्र बैंकबाट केन्द्रीय आयोजना कार्यान्वयन इकाईले चाँदी खरिद गरेको थियो । 

२०७२ सालमा आएको भूकम्पले क्षति पुर्‍याएको सो पुरातात्त्विक महत्वको मन्दिरको भारत सरकारकै सहयोगमा पुननिर्माणको काम भइरहेको छ । 

पुननिर्माणको समयमा लागत अनुमान गर्दा चाँदीको आसनको कार्य समावेश नभएपछि पुनः भारत सरकारलाई नै चाँदीका लागि आग्रह गरिएको थियो । 

शहरी विकास मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले ६ करोड २६ लाख लागतमा पुरातत्त्व विभागबाट स्वीकृत मास्टर प्लान र डिजाइनअनुसार मन्दिर प्रबलीकरणको ७५ प्रतिशत काम सकिएको बताएको छ । 

शहरी विकास मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना प्रमुख प्रकाश आर्यालले भवन प्रबलीकरण र सेतो मछिन्द्रनाथको आसन निर्माणका लागि चाँदी उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिँदै यसले नेपाल भारत सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ६ : ०४ बजे

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका