नाउपा अध्यक्ष रञ्जिताले बोलाइन् बैठक, पार्टी एकताबारे छलफल हुने  « Khabarhub

नाउपा अध्यक्ष रञ्जिताले बोलाइन् बैठक, पार्टी एकताबारे छलफल हुने 


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी नाउपाले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले चैत ८ र ९ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएकी हुन् । 

नाउपा सांसद गंगाराम चौधरीका अनुसार बैठक मध्यबानेश्वर पार्टी कार्यालयमा बस्ने छ । उनले पार्टी एकताका विषयमा छलफल हुने एजेन्डा रहेको खबरहबलाई  बताए । 

नाउपाको यो बैठकमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीसँगको एकताको विषयमा छलफल हुने बताइन्छ । अध्यक्ष श्रेष्ठ र राउतबीच चैत २ गते भेटघाट भएको थियो ।  भेटमा श्रेष्ठ पनि एकताको पक्षमा रहेको दाबी जनमतले गरेको छ । 

नाउपा संरक्षक रेशम चौधरी र राउतबीच पार्टी एकताको विषयमा पटक-पटक छलफल भए पनि रञ्जितासँग छलफल भएको थिएन । रञ्जिता एकताको पक्षमा रहेको नेताहरूको भनाइ छ । तर, केन्द्रीय कमिटीमा बहुमत सदस्य बसेर एकता गर्ने या नगर्ने निर्णय हुने बताइएको छ । 
 
यसबारे रञ्जिता भने बोल्न चाहेकी छैनन् । उनका श्रीमान् तथा पार्टी संरक्षक रेशम चौधरी भने जनमतसँग पार्टी एकता गर्ने  प्रक्रिया अगाडि बढिसकेको दाबी गर्छन् ।

जनमतको दाबी- अध्यक्ष रञ्जिता पनि पार्टी एकताको पक्षमा हुनुहुन्छ   

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ६ : २९ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं