एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल म्यानमार प्रस्थान « Khabarhub

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल म्यानमार प्रस्थान


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज म्यानमार प्रस्थान गरेका छन् । 

म्यानमार न्यारेटिभ थिङ् ट्यांकको निमन्त्रणामा ‘फोरम अन म्यानमार वियोण्ड-२०२५ च्यालेन्ज एण्ड अपुर्चुनिटीज इन द मल्टिपोलर वल्र्ड’ कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

करिब एक साताको भ्रमण अवधिमा उहाँले त्यहाँका विभिन्न नेताहरूसँग भेटघाट साथै द्विपक्षीय हितका विषयमा छलफल गर्ने कार्यक्रम छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई बिदाइ गर्न पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता थियो । 

अध्यक्ष नेपाल म्यानमार प्रस्थान गरेसँगै पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई प्रदान गरिएको छ । पार्टी उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराईका अनुसार अध्यक्ष नेपालको अनुपस्थितिमा पार्टीका वरिष्ठ उपाध्यक्ष पाण्डेले दैनिक कार्य सञ्चालन गर्नेछन् ।
 

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ६ : ५९ बजे

कास्की र पर्सापछि रुपन्देहीबाट पनि रविलाई ठूलो राहत, दुई गम्भीर अभियोगका मुद्दा फिर्ता

काठमाडौं– कास्की र पर्सापछि रुपन्देहीमा पनि सहकारी ठगीसहितको मुद्दा खेपिरहेका

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति