एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल म्यानमार प्रस्थान « Khabarhub

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल म्यानमार प्रस्थान


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज म्यानमार प्रस्थान गरेका छन् । 

म्यानमार न्यारेटिभ थिङ् ट्यांकको निमन्त्रणामा ‘फोरम अन म्यानमार वियोण्ड-२०२५ च्यालेन्ज एण्ड अपुर्चुनिटीज इन द मल्टिपोलर वल्र्ड’ कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

करिब एक साताको भ्रमण अवधिमा उहाँले त्यहाँका विभिन्न नेताहरूसँग भेटघाट साथै द्विपक्षीय हितका विषयमा छलफल गर्ने कार्यक्रम छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई बिदाइ गर्न पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता थियो । 

अध्यक्ष नेपाल म्यानमार प्रस्थान गरेसँगै पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई प्रदान गरिएको छ । पार्टी उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराईका अनुसार अध्यक्ष नेपालको अनुपस्थितिमा पार्टीका वरिष्ठ उपाध्यक्ष पाण्डेले दैनिक कार्य सञ्चालन गर्नेछन् ।
 

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ६ : ५९ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं