विप्लवका प्रकाश धामीले जिते इन्जिनियरिङ क्याम्पस स्ववियु सभापति   « Khabarhub

विप्लवका प्रकाश धामीले जिते इन्जिनियरिङ क्याम्पस स्ववियु सभापति  


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

पोखरा– इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराको अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रकाश धामी विजयी भएका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी)का उम्मेदवारलाई निकै पछि छाडेर धामीले जित हात पारेका हुन् ।

दार्चुलाका बासिन्दा धामी सिभिल चौथो वर्षका विद्यार्थी हुन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल समाजवादीका आवद्ध धामी अध्यक्षमा भने एकल रुपमा स्वतन्त्र हैसियतमा उम्मेदवार बनेका थिए । 

उनले सात सय १६ मत पाएका छन् । अखिल (क्रान्तिकारी) पश्चिमाञ्चल क्याम्पस इकाई सचिव रहेका उनी केही महिनाअघि अखिल समाजवादी प्रवेश गरेका थिए । अध्यक्षका उम्मेदवार अनेरास्ववियुका अनुप न्यौपानेले चार सय ४९, अनेरास्ववियु (क्रान्तिकारी)का आदर्श महत क्षत्रीले एक सय ७८ र नेपाल विद्यार्थी सङ्घका सौगात पण्डितले तीन सय ४६ मत पाएका छन् ।

सचिवमा अनेरास्ववियु (क्रान्तिकारी)का हरिकृष्ण खड्का ९ सय २१ मतसहित विजयी हुँदा अनेरास्ववियुका उम्मेदवार विनायक भुवाजीले ७ सय ४ मतमा चित्त बुझाए । कोषाध्यक्षमा पनि अनेरास्ववियु (क्रान्तिकारी)कै उम्मेदवार विजयी बने । क्रान्तिकारीका सशिस सापकोटा ६ सय ९९ मतसहित विजयी हुँदा प्रतिस्पर्धी अनेरास्ववियुका रोहितकुमार शाहले ५ सय ८७ मत पाएका छन् । 

सदस्यमा अनेरास्ववियुबाट अश्रान्त पहारी (९२६ मत), पूर्णिमा अछामी (८१५ मत), अंकित गैरे (७११), अमृत बस्नेत (७४०) र रूपेश पौडेल (६२२) निर्वाचित बने । नेविसंघबाट सक्षम भण्डारी (७०३) एक जनामात्र सदस्य चुनिँदा अखिल क्रान्तिकारीबाट तिकिता पाठक (६८२) सदस्य चुनिइन् ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ७ : ५४ बजे

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको