स्मार्ट ट्वाइलेट बजारमा, हातको प्रयोग गर्नै नपर्ने « Khabarhub

स्मार्ट ट्वाइलेट बजारमा, हातको प्रयोग गर्नै नपर्ने


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रविधिको क्षेत्रमा हरेक दिन नयाँ नयाँ भइरहेका छन् । हाल बजारमा स्मार्ट टिभी, स्मार्टवाच र स्मार्टफोन त पाइन्छन् ।

बजारमा अब भने स्मार्ट ट्वाइलेट पनि आउने भएको छ । कोहलर नामक एक अमेरिकी कम्पनीले स्मार्ट कमोड लन्च गरेको हो । अमेरिकामा यसको विक्री पनि हुन थालेको छ । यसको मूल्य नेपाली रूपैयाँ १ लाख ७० हजार रुपैयाँ पर्छ । यो सेतो रंगमा मात्र उपलब्ध छ ।

कम्पनीका अनुसार यो कमोडमा हातको प्रयोग गर्नु पर्दैन । यसले स्वचालित रुपमा सबै काम गर्न सक्छ । यसमा जेट स्प्रे भ्वाइस कमान्डका रुपमा उपलब्ध छ । यसलाई प्रयोग गर्न भने एलेक्सा या गुगल होमको सहायताबाट मात्र गर्न सकिन्छ ।

यो कमोडलाई एपबाटै नियन्त्रण गर्न सकिन्छ । साथै यसलाई रिमोटको सहायताबाट पनि प्रयोग गर्न सकिन्छ ।

साथै यसमा पानीको तापक्रम, पानीको दबाब, सिट सबै आफू अनुकुल समायोजन गर्न सकिने सुविधा छ ।

समाचारहरूका अनुसार यसमा मसाज मोड पनि उपलब्ध छ । साथै यसमा स्वचालित यूभी क्लिनिङ पनि उपलब्ध छ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ७ : १३ बजे

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका