उब्रेको दालबाट बनाउनुहोस् परौठा; खाजालाई उत्कृष्ट, मुखलाई स्वादिष्ट « Khabarhub

उब्रेको दालबाट बनाउनुहोस् परौठा; खाजालाई उत्कृष्ट, मुखलाई स्वादिष्ट


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खाना खाइसकेपछि धेरै उब्रिने खानेकुरा हो दाल । दाल हरेक दिन बनाइन्छ र सबैले खाना खाइसकेका बेला प्रायः उब्रिरहेको पनि हुन्छ ।

रातिको खाना खाइसकेपछि बचेको त्यही दालको उपयोग गरेर भोलिपल्ट बिहानको नास्ता बनाउन सकिन्छ ।

आज हामी दाल परौठाको कुरा गर्दैछौं । यी परौठा स्वादका लागि मात्रै होइन, स्वास्थ्यका लागि पनि हितकर हुन्छन् । अर्को कुरा, दाल परौठा बनाउन निकै छरितो र सजिलो छ ।

राति उब्रेको मास, चना वा मुँगको दाल फाल्नुको सट्टा सही रूपमा प्रयोग गरियो भने बिहानको नास्ता वा दिउँसोको खाजा तयार पार्न सकिन्छ ।

दाल परौठा बनाउन केके चाहिन्छ ?

बाँकी दाल– १ कप
गहुँको पीठो– १.५ कप (दालको मात्रा अनुसार निर्णय गर्नुहोस्)
प्याज– आधा
हरियो खुर्सानी– १ वा २ वटा
धनिया पात– थोरै मसिनो गरि काटिएको
नुन– स्वाद अनुसार (दालमा पहिले नै नुन हालेको हुनाले विशेष ध्यान दिनुपर्छ)
ज्वानो– आधा चम्चा
बेसार र रातो खुर्सानी– स्वाद र आवश्यकता अनुसार
घिउ वा तेलः आवश्यकता अनुसार

कसरी बनाउने ?

– सबैभन्दा पहिले गहुँको पीठो ठूलो थाल वा भाँडोमा लिनुहोस् । यसमा दाल हाल्नुहोस् । अब मसिनो गरी काटेको प्याज, हरियो खुर्सानी, धनियाँ, ज्वानो र आवश्यकता अनुसार नुन र मसला हाल्नुहोस् ।
– यी सबै चीजहरू राम्रोसँग मिलाउनुहोस् र नरम आटा मुछ्नुहोस् । यदि दाल धेरै पातलो छ भने पीठोको मात्रा थोरै बढाउनुहोस् ।
– पिठो मुछेपछि यसलाई १०–१५ मिनेटको लागि छोप्नुहोस् ताकि यो राम्रोसँग नरम होस्
– अब एउटा डल्लो बनाएर बेलनाको सहायताले गोलो आकार दिनुहोस्
– प्यान तताउनुहोस्, परौठा थप्नुहोस् र दुबै तर्फबाट राम्रोसँग पकाउनुहोस्
– र माथि घिउ वा तेल लगाउनुहोस्
– राम्रोसँग पाकेपछि प्यानबाट झिक्नुहोस्

यी परौठाहरूको सबैभन्दा ठूलो विशेषता यसको स्वाद हो । त्यसबाहेक दाल परौठा स्वास्थ्यका लागि पनि उत्कृष्ट छ । यसमा प्रोटिन, फाइबर र आवश्यक पोषक तत्वहरु पाइन्छ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ७ : ०९ बजे

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका