ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार « Khabarhub

ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्काको एक चर्चमा शुक्रबार बेलुकी गोली प्रहार भएको छ । प्रहरीले जानकारी दिएको अनुसार घटनास्थल राजधानी कोलम्बोबाट करिब १६० किलोमिटर टाढा रहेको मानाम्पिटिया भन्ने ठाउँमा पर्छ ।

गोली लागेर चर्चको झ्यालहरूमा केही क्षति पुगे पनि कसैलाई चोटपटक भने लागेको छैन । घटनामा संलग्न भएको आशंकामा एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा ती व्यक्तिले चर्चका पादरीसँगको व्यक्तिगत रिसइवीका कारण गोली चलाएको देखिएको छ ।

सन् २०१९ मा इस्टर आइतबारका दिन भएका बम आक्रमणको सम्झनामा सुरक्षालाई ध्यानमा राख्दै अहिले देशभरका चर्चहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

छ वर्षअघि भएका ती आक्रमणमा तीन वटा चर्च र तीन वटा होटलमा विस्फोट हुँदा २७९ जनाको ज्यान गएको थियो भने ५०० भन्दा बढी घाइते भएका थिए । घटनाको दोष एक स्वदेशी अतिवादी समूहलाई दिइएको थियो ।

क्याथोलिक चर्चले यस वर्षको इस्टर सोमबार ती पीडितहरूलाई ‘विश्वासका नायकहरू’ घोषणा गर्दै श्रद्धाञ्जली दिने तयारी गरेको छ ।

घटनापछि पीडित परिवार र क्याथोलिक समुदायले न्यायको माग गर्दै आएका छन् र केही अनुसन्धानहरूले आक्रमणकारीहरू र सुरक्षा निकायहरूबीच सम्बन्ध रहेको पनि देखाएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  १ : ११ बजे

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय