उदयपुरका विपन्न किसानलाई उन्नत जातका बाख्रा वितरण « Khabarhub

उदयपुरका विपन्न किसानलाई उन्नत जातका बाख्रा वितरण


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कटारी – उदयपुरको कटारी नगरपालिका–९ आहालेका १२ परिवारलाई ५० वटा बाख्रा वितरण गरिएको छ । सङ्घीय सरकार र नगरपालिकाको ५० प्रतिशत अनुदानमा नयाँ बाख्रा पकेट विस्तार कार्यक्रमअन्र्तगत बोयरलगायतका उन्नत जातको बाख्रा वितरण गरिएको हो ।

महाभारत कृषक समूहलाई बाख्रापकेट क्षेत्रको रुपमा विस्तार गर्दै बाख्रा वितरण गरिएको कटारी नगरपालिकाकी उपप्रमुख गीता खड्काले बताए।

‘कृषि गरेर गाउँमै आम्दानी गर्ने र गाउँमै बस्ने वातावरण बनोस् भन्ने उद्देश्यका साथमा यो कार्यक्रम सुरु गरेका हौँ’, उपप्रमुख खड्काले किसानलाई भने, ‘यसबाट आम्दानी गर्नुहोस् र पकेट क्षेत्र विस्तारमा सहयोग पुर्‍याउनुहोस् ।’

नगरपालिकाका पशुपन्छी शाखाका प्रमुख विजया कार्कीका अनुसार सङ्घीय सरकार नगरपालिकाको सहकार्यमा रु १५ लाखको लगानीमा बाख्रा पकेट क्षेत्र कार्यक्रम विस्तार गरिएको हो । 

‘सत्र वटा खोर बनाउन थालेका छौँ र कृषकलाई बाख्रा वितरण गरेका छौँ’, प्रमुख कार्कीले भने, ‘बाख्रापालनका लागि उपयुक्त स्थान भएको क्षेत्रमा यो कार्यक्रम सुरु गरेका हौँ ।’

 घाँसपात र बाख्रापालनका लागि उपयुक्त स्थान भएको उल्लेख गर्दै समूहका अध्यक्ष लोकबहादुर मगरले कृषकलाई ठूलो हौसला प्राप्त भएको बताए । 
 

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  १ : २६ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय ?

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै

विपद् भोगिरहेको नेपाललाई सघाउन संयोजक दाहालको अपिल

रसुवा– नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको संवाद

पोखरा– शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित विद्यालय शिक्षा ऐनलाई व्यावहारिक,