भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध « Khabarhub

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै सुर्ती तथा निकोटिनयुक्त गुटखा, पान मसला र अन्य खाद्य पदार्थहरूको उत्पादन, भण्डारण, वितरण र बिक्रीमा एक वर्षका लागि पूर्ण प्रतिबन्ध लगाएको छ ।

खाद्य सुरक्षा एवं औषधि प्रशासनका आयुक्त विनय शंकर पाण्डेयद्वारा जारी आदेशअनुसार यो प्रतिबन्ध आज मंगलबारदेखि लागू भएको छ । खाद्य सुरक्षा एवं मानक अधिनियम २००६ र खाद्य सुरक्षा एवं मानक विनियम २०११ का प्रावधान अनुसार यो कदम चालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

खाद्य उत्पादनहरूमा सुर्ती र निकोटिनको प्रयोग निषेध भए पनि बजारमा पाइने गुटखा तथा पान मसलाजस्ता वस्तुहरूमा यस्ता घातक पदार्थहरूको मिसावट भइरहेको गुनासो आएपछि प्रशासनले यो निर्णय लिएको हो । यससँगै अब उत्तराखण्ड राज्यभर आगामी एक वर्षसम्म यी वस्तुहरूको निर्माण, गोदाममा भण्डारण, ओसपसार र खुला बजारमा बिक्रीवितरण गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ५ : ०५ बजे

ओमनविरुद्ध नेपालको सहज जित

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी