स्थानीय निकायबीच समन्वय हुनुपर्छ : चिरीबाबु महर्जन « Khabarhub

स्थानीय निकायबीच समन्वय हुनुपर्छ : चिरीबाबु महर्जन


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

पाटन– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्थानीय सरकारका असल अभ्यास आदानप्रदान गर्न पालिकाहरुबीचमा समन्वय हुनुपर्नेमा जोड दिएका छन् ।

ललितपुर महानगरले भगिनी सम्बन्ध कायम गरेको सल्ल्यान जिल्लाको शारदा नगरपालिकाका जनप्रतिनिधिहरूसँग आज भएको छलफलमा उनले स्थानीय सरकारको जिम्मेवारीमा रहेका पालिकाहरू समृद्ध हुन एकअर्काका असल अभ्यास आदानप्रदान गर्नुपर्छ भने। 

आर्थिक रूपले समृद्ध पालिकाले अन्य पालिकालाई सहयोग गर्नु उसको कर्तव्य भएको बताउँदै महानगर प्रमुख महर्जनले स्थानीयका समस्या समाधान गर्दै ललितपुर महानगर जनताकेन्द्रित रहेको बताए। 

शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले ललितपुर महानगरका गतिविधिको सराहना गर्दै बजेट अभावका कारण आफूले विकास–निर्माणका सबै आयोजना कार्यान्वयन गर्न नसकेको गुनासो गरे । 

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  १ : ३५ बजे

ओमनविरुद्ध नेपालको सहज जित

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी