८४ अभियानमा पूर्वउपराष्ट्रपति पुन : ‘पार्टीमा फर्कन संवैधानिक अड्चन छैन’ « Khabarhub

८४ अभियानमा पूर्वउपराष्ट्रपति पुन : ‘पार्टीमा फर्कन संवैधानिक अड्चन छैन’


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको ८४ अभियानमा सक्रियताका साथ देखिएका छन् । उपराष्ट्रपतिको कार्यकाल सकिएपछि पहिलो पटक उनी पार्टीको सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् ।

पुनले वैशाख १ गतेदेखि नै पार्टी काममा फर्किएको बताएका छन् र यसमा कुनै कानुनी अड्चन नभएको प्रष्ट पारेका छन् । पूर्व राष्ट्रपति, उपराष्ट्रपतिलाई पार्टी जिम्मेवारीमा फर्किन कुनै कानुनी र संवैधानिक अड्चन नभएको उनले बताएका हुन् ।

शनिबार प्यूठानमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पुनले आफू राजनीतिक आधारबाटै यहाँसम्म आएकाले आफ्नो चाहना र पार्टीको आवश्यकताअनुसार पुनः राजनीतिमा फर्किएर काम गरेको बताए । उपराष्ट्रपतिको कार्यकाल सकिएपछि पार्टी जीवनमा फर्केपछि पहिलो पटक पार्टी अभियानमा जोडिएको उनले बताए ।

माओवादीप्रति जनतामा सकारात्मक धारणा बनाउँदै गएको उनको भनाइ छ । नेकपा माओवादी घरदैलोमा आएपछि विगतमा भएका कमजोरी सच्याउने देशको लागि इमान्दार सशक्त पार्टी निर्माण गर्नेतर्फ लाग्ने पुनले बताए । नेपाली जनता पनि माओवादी केन्द्रको सोच, एजेण्डा र कार्यक्रमसँग खुसी रहेको बताए ।

‘माओवादीभित्र भएको टुटफुट, क्षति र विभिन्न विचारले मर्माहत भएको वामपन्थी धारालाई एकीकृत गरेर सशक्त क्रान्तिकारी पार्टी निर्माण गर्ने र यस्तो पार्टीले मात्र समाजवादी क्रान्ति गर्न सक्ने जनताबाट सुझाव आएको छ ।’ पूर्वउपराष्ट्रपति पुनले भने । उनले प्रतिक्रान्तिकारी शक्तिले गणतन्त्रका विरुद्ध विभिन्न अफवाह फैलाएकाले यसलाई चिर्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ३ : ३७ बजे

व्यापारिक जहाजलाई अमेरिकाको चेतावनी – खाडी क्षेत्रबाट टाढै रहनू

काठमाडौं – अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूलाई खाडी क्षेत्रबाट टाढै रहन

विश्वकपको सुपर-८ बाटै बाहिरियो पाकिस्तान, न्युजिल्याण्ड सेमिफाइलनमा

काठमाडौं – पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ

४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी

काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका

इरानमाथि आक्रमणपछि विश्व शक्तिहरूको चासो, संयमता अपनाउन आह्वान

काठमाडौं – संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

दुबई- दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला