कांग्रेस एमालेलाई सरकार असफल बनाउने छुट छैन : पूर्वमन्त्री गिरी | Khabarhub Khabarhub

कांग्रेस एमालेलाई सरकार असफल बनाउने छुट छैन : पूर्वमन्त्री गिरी


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा एमालेका केन्द्रीय सदस्य तथा नेपाल सरकारका पूर्वमन्त्री पदम गिरीले वर्तमान सरकारले नै देशलाई निकास दिनु पर्ने धारणा राखेका छन् ।

देशकै दुई ठूला दलहरू मिलेर राजनीतिक स्थायित्वका लागि सत्ता सहकार्य गरिसकेपछि असफल हुने र गर्न सकिएन भन्ने छुट नहुने धारणा गिरीको छ । सुदूरपश्चिमका पहाडी जिल्लाको भ्रमणका क्रममा बाजुरा पुगेका पूर्वमन्त्री गिरीले केपी शर्मा ओली नेतृत्वको सरकार राजनीतिक अस्थिरताको अन्त्यका लागि बनेको दाबी गरे । बडिमालिका नगरपालिकाले मार्तडी गरेको स्वागत समारोहमा गिरीले सरकार बनाउने र भत्काउने खेलको अन्त्य गरिनु पर्ने बताए । 

लामो समय सरकार बनाउने र गिराउनेमै समय सकियो, विकास निर्माणमा ध्यान नै दिएजस्तो भएन, गिरीले भने–‘अब अस्थीरता अन्त्य हुनु पर्दछ, विकास निर्माण र देशमा सुशासन कायम भएको जनतालाई अनुभूति गराउनु पर्छ, त्यसको नेतृत्व र जिम्मावारी नेपाली काँग्रेस र नेकपा एमालेले लिनु पर्छ । दुबै दलसँगै बाहना गर्ने छुट छैन र हुनु हुँदैन ।’ 

‘राजनीतिक अस्थिरता देश विकासको बाधक बन्यो, अब त्यो सिकाइ नेताहरूमा हुनु पर्छ, त्यसैमा ठूला दल कांग्रेस एमाले अरुभन्दा जिम्मेवार हुनुपर्छ । ओली र देउवा दुवैजना नेताहरू यसमा जानकार देखिनुहुन्छ,’ गिरीले भने । 

नेकपा एमाले संसदीय दलको प्रमुख सचेत समेत भइसकेका गिरीले सामाजिक सञ्जालको आक्रोश र विरोधलाई नै नजरअन्दाज गरेर धारणा बनाउन नहुने बताए । उनले ओली नेतृत्वको सरकार बनेदेखि देशमा आशको सञ्चार भएको र सबै क्षेत्रमा व्यापक सुधार देखिएकोले अराजनीतिक र अराजक भीडको पछि नलाग्न आग्रह गरे । 

‘अर्थतन्त्रले निकास पाएको छ । उद्यम विकास र उत्पादन बढेको छ । अर्थतन्त्रका सूचक उकालो यात्रामा छन् । सबैतिर राम्रो हुँदैन’ उनले भने । छिटो अर्थतन्त्र सुधारको हुटहुटी पालेका जनतालाई थप सुधार गर्दै सरकार परिणाम देखाउने गरी लागि परेको बताए । उनले राजावादी नामको आन्दोलनलाई उल्टो बाटोको संज्ञा दिएका छन् ।

‘उल्टो बाटो हिँडेर गन्तव्य पुगिन्न र त्यो सम्भव पनि छैन ।’ उनले भने । भ्रमको पछि नलाग्न आग्रह गर्दै नेपालका पहाडी गाउँलाई सडक र सुविधासँग जोड्नु पर्नेमा पूर्वमन्त्री गिरीले जोड दिए ।

‘सुदूरका पहाडलाई सुविधाले शहर बनाउन मिल्ने देखियो, संभावना धेरै छ । तरकारी देखि स्थानीय रैथानी बालीको उत्पादन, स्याउ देखि सुन्तलासम्म सिमीदेखि जडिबुटीसम्म यस्तो संभावनालाई सरकारले अवसरमा बदल्ने गरि काम गरिदिनु पर्छ, त्यसका लागि सबैले पहल गरौँ ।’ गिरीले थपे ।

‘ठाउँ सुन्दर छन् । संभावना प्रचुर छ । तर अभाव, समस्या र निराशा देखिन्छ । राज्यले पनि गर्नु पर्ने जति लगानी नगरेको रहेछ, अब देशको अवस्था बदल्न पहिला दुर्गम गाउँको जीवन र दैनिकी बदल्न पर्छ, त्यसमा मैलेपनि पहल गर्छु, तीनवटै सरकारको सहकार्य रहनु पर्छ, त्यसैमा यहाँका जनप्रतिनिधी थप जिम्मेवार हुनु पर्छ,’ गिरीले भने । 

बाजुरा सहितका सुदूर र कर्णालीका पहाडी क्षेत्रलाई एकीकृत पर्यटन विकासको गुरु योजना बनाएर जोड्नु पर्नेमा जोड दिए । मुगुको रारा, हुम्लासँग जोडिएको मानसरोवर, बाजुराको बडीमालिका, खप्तड र अन्य गन्तव्यहरुलाई पर्यटन गुरु योजना बनाएर विकास गर्न सके सिंगो देशकै आर्थिक अवस्थामा सुधार आउने उनले बताए ।

बडीमालिकाका तर्फबाट नगर प्रवक्ता धर्मराज पाध्यायले पूर्व मन्त्री गिरी सहीत सँगै रहेको टिमलाई स्थानीय उत्पादन उपहार दिएका थिए । राष्ट्रिय युवा संघ र प्रेस चौतारी नेपालले पनि बधाइसहित मायाको चिनो दिएको थियो । बाजुरा क्याम्पसमा स्वागत सहित क्याम्पसको अवलोकन समेत गराइएको स्ववियु सभापति लक्ष्मण रोकायाले जानकारी दिए । शुक्रबार बुढीनन्दा महोत्सव उद्‌घाटन गरेका गिरीले यतिबेला सुदूरका पहाडको भ्रमण गरिरहेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ६ : १० बजे

करेण्ट लागेर गुल्मीमा एक युवकको मृत्यु

गुल्मी– गुल्मीमा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

एजेन्सी– फ्रान्सले आगामी आइतबारदेखि समुद्री किनार, पार्क, सार्वजनिक बगैँचा तथा

नेत्रज्योति सङ्घद्वारा विदेशमा पनि सेवा विस्तार

काठमाडौं–  नेपाल नेत्रज्योति सङ्घले मुलुकबाहिर आँखा सेवा उपलब्ध गराउन सुरुआत

विद्यार्थी र शिक्षकको मेहनतले एसईईको नतिजामा सुधार आएको हो : प्रधानमन्त्री 

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को

पार्टीभित्र स्वार्थ खोज्नेहरूको हिसाब किताब गरिन्छ : ओली

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा