नाइजेरियामा गोठाला र किसानको द्वन्द्व चर्किँदै, पछिल्लो हिंसामा १७ जना मारिए « Khabarhub

नाइजेरियामा गोठाला र किसानको द्वन्द्व चर्किँदै, पछिल्लो हिंसामा १७ जना मारिए


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफ्रिकी मुलुक नाइजेरियामा गाइवस्तु पालेर गुजारा गर्ने गोठाला र खेती गरेर गुजारा गर्ने किसान समुदायबीचको द्वन्द्व चर्किँदै गएको छ । हालै नाइजेरियाको बेनुइ राज्यमा दुई समुदायबीच झडप हुँदा १७ जना मारिएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार बेनुइमा गोठालो समुदायले किसान समुदायलाई निशाना बनाएर आक्रमण गर्दा हताहती भएको हो । घटनामा अरु कैयाँै घाइते भएका छन् ।

सुरुमा गोठाला समुदायमा आबद्ध बन्दुकधारीको समूहले बेनुइको उकुम क्षेत्रस्थित ग्बागिर गाउँमा गोली हानी ५ किसानको हत्या गरेका थिए । पछि बन्दुकधारीको अर्को समूहले ७० किलोमिटर टाढा रहेको लोगो क्षेत्रमा आक्रमण गरी १२ जनाको ज्यान लिएका थिए ।

पछिल्ला केही वर्षयता उर्वर भूमि रहेको उत्तर–मध्य नाइजेरियामा हुँदै आएका हिंसाका कारण खाद्य आपूर्तिमा बाधा उत्पन्न भएको छ । दुई दिनअघि मात्रै बेनुइ राज्यको ओतुक्पो क्षेत्रमा बन्दुकधारीले गाउँमा आक्रमण गर्दा ११ जनाले ज्यान गुमाएका थिए । त्यसअघि गत साता छिमेकी प्लेटु राज्यमा भएको अर्को आक्रमणमा ५० जनाको मुत्यु भएको थियो ।

खासगरी गोठाला समुदायले आफ्ना गाइवस्तुको चरन क्षेत्रमा किसान समुदायले खेती गर्न थालेको आरोप लगाउने गरेका छन् । त्यसैगरी, किसान समुदायले पनि आफूले खेती गर्ने जमिनमा गोठालाहरुले गाइवस्तु चराउने गरेको आरोप लगाउँदै आएका छन् ।

सन् २०१९ यता दुई समुदायबीच जारी द्वन्द्वका कारण हालसम्म ५ सय जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । हिंसाका कारण अरु २२ लाख मानिसहरु विस्थापित भएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ६ : २९ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर