नाइजेरियामा गोठाला र किसानको द्वन्द्व चर्किँदै, पछिल्लो हिंसामा १७ जना मारिए « Khabarhub

नाइजेरियामा गोठाला र किसानको द्वन्द्व चर्किँदै, पछिल्लो हिंसामा १७ जना मारिए


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफ्रिकी मुलुक नाइजेरियामा गाइवस्तु पालेर गुजारा गर्ने गोठाला र खेती गरेर गुजारा गर्ने किसान समुदायबीचको द्वन्द्व चर्किँदै गएको छ । हालै नाइजेरियाको बेनुइ राज्यमा दुई समुदायबीच झडप हुँदा १७ जना मारिएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार बेनुइमा गोठालो समुदायले किसान समुदायलाई निशाना बनाएर आक्रमण गर्दा हताहती भएको हो । घटनामा अरु कैयाँै घाइते भएका छन् ।

सुरुमा गोठाला समुदायमा आबद्ध बन्दुकधारीको समूहले बेनुइको उकुम क्षेत्रस्थित ग्बागिर गाउँमा गोली हानी ५ किसानको हत्या गरेका थिए । पछि बन्दुकधारीको अर्को समूहले ७० किलोमिटर टाढा रहेको लोगो क्षेत्रमा आक्रमण गरी १२ जनाको ज्यान लिएका थिए ।

पछिल्ला केही वर्षयता उर्वर भूमि रहेको उत्तर–मध्य नाइजेरियामा हुँदै आएका हिंसाका कारण खाद्य आपूर्तिमा बाधा उत्पन्न भएको छ । दुई दिनअघि मात्रै बेनुइ राज्यको ओतुक्पो क्षेत्रमा बन्दुकधारीले गाउँमा आक्रमण गर्दा ११ जनाले ज्यान गुमाएका थिए । त्यसअघि गत साता छिमेकी प्लेटु राज्यमा भएको अर्को आक्रमणमा ५० जनाको मुत्यु भएको थियो ।

खासगरी गोठाला समुदायले आफ्ना गाइवस्तुको चरन क्षेत्रमा किसान समुदायले खेती गर्न थालेको आरोप लगाउने गरेका छन् । त्यसैगरी, किसान समुदायले पनि आफूले खेती गर्ने जमिनमा गोठालाहरुले गाइवस्तु चराउने गरेको आरोप लगाउँदै आएका छन् ।

सन् २०१९ यता दुई समुदायबीच जारी द्वन्द्वका कारण हालसम्म ५ सय जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । हिंसाका कारण अरु २२ लाख मानिसहरु विस्थापित भएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ६ : २९ बजे

सर्वोच्चको फैसलापछि घिमिरे भने : अब विवाद बिर्सेर अघि बढौं

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सर्वोच्च अदालतको पछिल्लो

यी कारण खुलाउँदै सर्वोच्चले दियो गगन नेतृत्वलाई कांग्रेसको आधिकारिकता

काठमाडौं – सर्वोच्च अदालतले तीन प्रमुख कारण देखाउँदै नेपाली कांग्रेसको

विमलेन्द्र निधिले भने : विशेष महाधिवेशन मैले मानेको छैन, अब पनि मान्दिँन

काठमाडौं – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी आधिकारिकतासम्बन्धी सर्वोच्च

अब कांग्रेस एक बनाउने जिम्मा गगन थापाको : प्रकाशशरण महत

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता विवादबारे रिटमा सर्वोच्च अदालतले गगन

कांग्रेस विवाद : यस्ता छन् सर्वोच्चले गरेको फैसलाका मुख्य बुँदा

काठमाडौं – सर्वोच्च अदालतले गगन थापा पक्षको नेतृत्व रहेको नेपाली