व्यवस्था जोगाउन तीन शीर्ष नेता एकैठाउँ, राजावादीको आन्दोलन गैरराजनीतिक र आपराधिक भएको निष्कर्ष « Khabarhub

व्यवस्था जोगाउन तीन शीर्ष नेता एकैठाउँ, राजावादीको आन्दोलन गैरराजनीतिक र आपराधिक भएको निष्कर्ष


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


969
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं– प्रमुख तीन ठूला दलहरूका शीर्ष नेताको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताको बैठकले राजा ल्याउने नाममा भइरहेको आन्दोलनलाई गैरराजनीतिक, हिंस्रक र आपराधिक गतिविधिको संज्ञा दिएको छ।

स्रोतका अनुसार बैठकले अहिले प्राप्त संघीय गणतन्त्रसहितको व्यवस्था जोगाउन तीनै नेता एकै ठाउँ उभिने निष्कर्ष पनि निकालेको छ ।

‘संघीय गणतन्त्र जोगाउन एक ठाउँमा उभिने सहमति तीन नेताबीच भएको छ’ स्रोतले भन्यो, ‘पूर्वराजावादीको आन्दोलन हिंस्रक, गैरराजनीतिक र आपराधिक रहेको ठहर पनि गरेको छ ।’

यस बैठकले व्यवस्थाविरोधी कुनै पनि गतिविधिविरूद्ध एकजुट भएर उभिने पनि निष्कर्ष पनि निकालेको छ ।

यो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी थिए । त्यसैगरी गृहमन्त्री रमेश लेखक र एमाले नेता अग्नि खरेल पनि बैठकमा सहभागी थिए ।

छलफलमा संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पु¥याउनोहरु प्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलहरुसहित गणतन्त्रध पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ ।

छलफलमा सङ्क्रमणकालीन न्यायसँग सम्बधित दुुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेको कामबारे सामान्य जानकारी गराउने काम पनि भएको सल्लाहकार खरेलले जानकारी दिए ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ७ : २३ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ