जसपा नेपाल काठमाडौंको अधिवेशन : अध्यक्षमा दाहाल, उपाध्यक्ष र सहसचिवमा तेस्रो लिङ्गी निर्वाचित « Khabarhub

जसपा नेपाल काठमाडौंको अधिवेशन : अध्यक्षमा दाहाल, उपाध्यक्ष र सहसचिवमा तेस्रो लिङ्गी निर्वाचित


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको काठमाडौं जिल्ला कार्यसमितिको अध्यक्षमा भेषलाल दाहाल निर्वाचित भएका छन्। योसँगै काठमाडौँ जिल्ला समितिमा पहिलो पटक दुई जना तेस्रोलिंगी पदाधिकारी बनेका छन्।

शनिबार भएको जसपा नेपाल काठमाडौं जिल्ला अधिवेशनले पुर्नगठन गरेको नयाँ कार्य समितिको उपाध्यक्ष र सहसचिव पदमा तेस्रोलिंगी निर्वाचित भएका हुन्। निर्वतमान काठमाडौं जिल्ला अध्यक्ष विक्रम पौडेलले तेस्रोलिंगी सम्झना केसी र सहसचिवमा राजीव महर्जन मौनी निर्वाचित भएको जानकारी दिए।

जसपा नेपालले पहिलो पटक जिल्ला कार्यसमितिमा तेस्रोलिंगीलाई पदाधिकारी बनाएको हो। निर्वतमान अध्यक्ष पौडेलका अनुसार इतिहासमै पहिलो पटक राजनीतिक दलहरुको कार्यसमिति पदाधिकारीमा तेस्रोलिंगी निर्वाचित भएको यो पहिलो पटक हो।

अघिल्लो वर्ष उपनिर्वाचनमा कीर्तिपुरबाट तेस्रोलिङ्गी उम्मेदवार नगर अध्यक्ष र वडा अध्यक्ष उम्मेदवार उठाउँदा नेपालकै पहिलो तेस्रोलिङ्गी उम्मेदवार भएको र जसपा नेपाल नै त्यो पहिलो पार्टी भएको र इतिहासमा नाम राख्न सफल भएकोमा गौरवित महसुस भएको पनि जानकारी दिए ।

२१ सदस्यीय जिल्ला कार्यसमितिको अध्यक्षमा दाहाल, उपाध्यक्षमा केसी र सुरेश कुमार अधिकारी निर्वाचित भए। सचिवमा कमलेश निधि, सहसचिवमा राजिव महर्जन (मौनी) र विमला शाक्य निर्वाचित भए। कोषाध्यक्षमा पछि मनोनित गर्ने जसपा नेपाल काठमाडौं जिल्लाले जनाएको छ।

कार्यसमितिको १४ सदस्यमा सरिता श्रेष्ठ, मैया भुजेल, रिलिज थापा, देवी कार्की, राधिका श्रेष्ठ, शकुन्तला श्रेष्ठ, रामकृष्ण फुयाल, सरोज कुमार मानन्धर, गंगा तामाङ, मिन प्रसाद दाहाल, कृष्णहरी कोइराला, अच्युत आचार्य, सरोज फुयाल, मनिष गुरुङ निर्विरोध निर्वाचित भए।

अधिबेशनमा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं सचिवालय सदस्य विद्युत बज्रचार्य, केन्द्रीय सचिव एवं बागमती प्रदेशका अभियन्ता सोनी लामा, केन्द्रीय सदस्य ज्ञानु लामा, बिना सिन्हा, सरस्वती जैसवाल, लक्ष्मण गुरुङ, राजन केसी र सन्तोष सिलवालले शुभकामना मन्तव्य दिए।

अधिवेशनमा जनता समाजवादी पार्टी ,नेपालका तामाङ सङ्घका केन्द्रीय अध्यक्ष बाबुराम तामाङ, नेवा राष्ट्रिय तटस्थ समितिका सहसंयोजक राकेश श्रेष्ठले पनि शुभकामना मन्तव्य राखेका थिए।
निवर्तमान अध्यक्ष पौडेलले ले अब आफूले प्रदेश अध्यक्षमा दाबेदारी दिने जानकारी गराएका छन्।

अधिवेशनको अन्त्यमा निवर्तमान काठमाडौँ जिल्ला अध्यक्ष विक्रम पौडेलले काठमाडौं जिल्लालाई अझ प्रगति पथमा लम्काउने जिम्मेवारी नयाँ कार्यसमितिको काँधमा आएको बताए। सबैलाई समेट्ने र सबैलाई मिल्ने खालको काम गर्दै पार्टीको काममा अझ मजबुत हुन उनले आग्रह गरे।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  १० : ०५ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा