जसपा नेपाल काठमाडौंको अधिवेशन : अध्यक्षमा दाहाल, उपाध्यक्ष र सहसचिवमा तेस्रो लिङ्गी निर्वाचित | Khabarhub Khabarhub

जसपा नेपाल काठमाडौंको अधिवेशन : अध्यक्षमा दाहाल, उपाध्यक्ष र सहसचिवमा तेस्रो लिङ्गी निर्वाचित


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको काठमाडौं जिल्ला कार्यसमितिको अध्यक्षमा भेषलाल दाहाल निर्वाचित भएका छन्। योसँगै काठमाडौँ जिल्ला समितिमा पहिलो पटक दुई जना तेस्रोलिंगी पदाधिकारी बनेका छन्।

शनिबार भएको जसपा नेपाल काठमाडौं जिल्ला अधिवेशनले पुर्नगठन गरेको नयाँ कार्य समितिको उपाध्यक्ष र सहसचिव पदमा तेस्रोलिंगी निर्वाचित भएका हुन्। निर्वतमान काठमाडौं जिल्ला अध्यक्ष विक्रम पौडेलले तेस्रोलिंगी सम्झना केसी र सहसचिवमा राजीव महर्जन मौनी निर्वाचित भएको जानकारी दिए।

जसपा नेपालले पहिलो पटक जिल्ला कार्यसमितिमा तेस्रोलिंगीलाई पदाधिकारी बनाएको हो। निर्वतमान अध्यक्ष पौडेलका अनुसार इतिहासमै पहिलो पटक राजनीतिक दलहरुको कार्यसमिति पदाधिकारीमा तेस्रोलिंगी निर्वाचित भएको यो पहिलो पटक हो।

अघिल्लो वर्ष उपनिर्वाचनमा कीर्तिपुरबाट तेस्रोलिङ्गी उम्मेदवार नगर अध्यक्ष र वडा अध्यक्ष उम्मेदवार उठाउँदा नेपालकै पहिलो तेस्रोलिङ्गी उम्मेदवार भएको र जसपा नेपाल नै त्यो पहिलो पार्टी भएको र इतिहासमा नाम राख्न सफल भएकोमा गौरवित महसुस भएको पनि जानकारी दिए ।

२१ सदस्यीय जिल्ला कार्यसमितिको अध्यक्षमा दाहाल, उपाध्यक्षमा केसी र सुरेश कुमार अधिकारी निर्वाचित भए। सचिवमा कमलेश निधि, सहसचिवमा राजिव महर्जन (मौनी) र विमला शाक्य निर्वाचित भए। कोषाध्यक्षमा पछि मनोनित गर्ने जसपा नेपाल काठमाडौं जिल्लाले जनाएको छ।

कार्यसमितिको १४ सदस्यमा सरिता श्रेष्ठ, मैया भुजेल, रिलिज थापा, देवी कार्की, राधिका श्रेष्ठ, शकुन्तला श्रेष्ठ, रामकृष्ण फुयाल, सरोज कुमार मानन्धर, गंगा तामाङ, मिन प्रसाद दाहाल, कृष्णहरी कोइराला, अच्युत आचार्य, सरोज फुयाल, मनिष गुरुङ निर्विरोध निर्वाचित भए।

अधिबेशनमा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं सचिवालय सदस्य विद्युत बज्रचार्य, केन्द्रीय सचिव एवं बागमती प्रदेशका अभियन्ता सोनी लामा, केन्द्रीय सदस्य ज्ञानु लामा, बिना सिन्हा, सरस्वती जैसवाल, लक्ष्मण गुरुङ, राजन केसी र सन्तोष सिलवालले शुभकामना मन्तव्य दिए।

अधिवेशनमा जनता समाजवादी पार्टी ,नेपालका तामाङ सङ्घका केन्द्रीय अध्यक्ष बाबुराम तामाङ, नेवा राष्ट्रिय तटस्थ समितिका सहसंयोजक राकेश श्रेष्ठले पनि शुभकामना मन्तव्य राखेका थिए।
निवर्तमान अध्यक्ष पौडेलले ले अब आफूले प्रदेश अध्यक्षमा दाबेदारी दिने जानकारी गराएका छन्।

अधिवेशनको अन्त्यमा निवर्तमान काठमाडौँ जिल्ला अध्यक्ष विक्रम पौडेलले काठमाडौं जिल्लालाई अझ प्रगति पथमा लम्काउने जिम्मेवारी नयाँ कार्यसमितिको काँधमा आएको बताए। सबैलाई समेट्ने र सबैलाई मिल्ने खालको काम गर्दै पार्टीको काममा अझ मजबुत हुन उनले आग्रह गरे।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  १० : ०५ बजे

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

प्रकाशमानले छुट्याए गणेशमानको नाम जोडिएका ५० आयोजनामा बजेट

काठमाडौं– सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना पिता तथा २०४६

नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका

उद्योगीलाई जग्गा किन्न लगाउने होइन, कन्ट्रयाक्टमा दिने व्यवस्था राम्रो हुन्छ

काठमाडौँ – नेपालको भूमिको वितरण सामन्ती प्रणालीमा आधारित रहेको यथार्थ