मनाङमा एक वर्षमा ३३ हजार बढी विदेशी पर्यटक भित्रिए « Khabarhub

मनाङमा एक वर्षमा ३३ हजार बढी विदेशी पर्यटक भित्रिए


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मनाङ – मनाङमा कोरोना कहर र बाढीपहिरोको प्रभावपछि विदेशी पर्यटक आगमन बढ्दै गएको छ । विसं २०८१ मा यहाँ ३३ हजार ६४८ विदेशी पर्यटक भित्रिएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ ।

यहाँको प्राकृतिक सौन्दर्यता र संस्कृतिमा रमाउन पर्यटकको आगमन हुने गरेको छ । मनाङ भ्रमणका लागि दुई समयमा उत्कृष्ट मानिन्छ । दुई याममा गरी यस वर्ष ३३ हजार छ सय ४८ विदेशी पर्यटक जिल्लामा भित्रिएको एक्यापका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए

उनले भने, “विस्तारै सडक सञ्जालको सहजता, प्राकृतिक सौन्दर्यताले विश्वका पर्यटकको आगमन बढ्दो छ । साथै आन्तरिक पर्यटकको पनि आगमन बढे पनि तथ्याङ्क भने राखिएको पाइदैन ।” उहाँका अनुसार बीस हजार १६१ पुरुष र १३ हजार ४८७ महिला विदेशी पर्यटकले यहाँका विभिन्न क्षेत्रको भ्रमण गरेका छन् ।

भुजेलका अनुसार गत वर्ष एक सय २३ देशका नागरिकले अन्नपूर्ण पदमार्गका साथै मनाङका विभिन्न स्थानको भ्रमण गरेका छन् । उनले भने, “विसं २०८१ मा सबैभन्दा बढी तीन हजार ३८८ जना फ्रान्सका नागरिकले मनाङ भ्रमण गरेका छन् ।” इजरायल, जर्मनी, भारत, बेलायत, अमेरिका, अस्टे«लिया, चीन, नेदरल्याण्ड, रसिया, पोल्याण्डलगायत मुलुकका नागरिकले मनाङ भ्रमण गरेका उनले जानकारी दिए ।

सबैभन्दा बढी कात्तिकमा नौ हजार २७९ विदेशी पर्यटक यहाँ आएका प्रमुख भुजेलले जानकारी दिए । उनका अनुसार सबैभन्दा कम साउनमा दुई सय ५२ विदेशी पर्यटकको आगमन भएको छ । मनाङ भ्रमणका लागि मौसम अनुकूल हुने समयमा स्वदेश तथा विदेशी पर्यटकको आगमन वृद्धि हुँदै गएको एक्यापले जनाएको छ ।

“अहिले नेपाली नागरिकमा पनि भ्रमणमा जाने प्रचलन बढ्दै गएको छ । जोखिमयुक्त भ्रमण गर्ने र ग्रामीण पर्यटनको प्रवर्द्धनमा आन्तरिक पर्यटक पनि जोडिन थालेका छन् । यसले मुलुकमा रहेका पर्यटकीय गन्तव्य प्रचारप्रसार र पर्यटन प्रवर्द्धन भइरहेको छ”, कार्यालय प्रमुख भुजेलले भने, “विदेशी पर्यटक विशेषगरी यहाँको मानवीय जिन्दगीको आभास गर्न र मौलिक संस्कृतिका साथै प्राकृतिक सौन्दर्यतामा रमाउन आउने गरेका छन् ।”

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  १० : ४७ बजे

रूसमा युक्रेनी आक्रमण, चार जनाको मृत्यु

एजेन्सी– दक्षिणी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक जना आठ

गत वर्ष १० करोडमा सीमित भएको ज्योति विकास बैंकको नाफा १ अर्ब नाघ्यो

काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष (आव) २०८२-८३ को

सरकारलाई रविको चेतावनी : यो रमाउने बेला होइन, परिणाम दिन नसके फेरि ‘भदौ २३’ आउन सक्छ

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

कङ्गोमा इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो

किन्शासा- प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको इबोला सङ्क्रमणबाट मृत्यु हुनेको

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

राँझा–  भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको कृषिउपजले