गुजरात, बंगलोरु र पन्जाब आईपीएलको प्ले अफमा « Khabarhub

गुजरात, बंगलोरु र पन्जाब आईपीएलको प्ले अफमा


५ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गुजरात टाइटानले दिल्ली क्यापिटललाई १० विकेटले हराएसँगै तीन टिम इन्डियन प्रिमियर लिग (आईपीएल)को प्ले अफका प्रवेश गरेका छन्।

आइतबारको जितसँगै गुजरात टाइटान पहिलो स्थानमा उक्लिएको छ। गुजरात १८, रोयल च्यालेन्जर बंगलोरु र पन्जाब किङ्स समान १७/१७ अङ्क जोड्दै प्ले अफमा प्रवेश गरेका हुन्। पाँचौँ स्थानमा रहेको दिल्ली क्यापिटलको १३ अङ्क छ भने चौथो स्थानमा रहेको मुम्बई इन्डियनको १४ अङ्क छ। यी दुई टोलीबाट अब प्ले अफ प्रवेश गर्ने चौथौँ टिमको टुङ्गो लाग्नेछ।

कलकत्ता नाइट राइडर्स, सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स र चेन्नई सुपर किङ्स भने पहिलो चरणबाट बाहिरिएका छन्।

११ खेलमा १० अंक बनाएको लखनउ सुपर जायन्ट्सका लागि चौथौँ हुँदै प्ले अफ प्रवेशको गणितीय सम्भावना छ। तथापि व्यवहारिक सम्भावना एकदमै कमजोर बनिसकेको छ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ६ : २७ बजे

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ