अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर « Khabarhub

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेन प्रोस्टेट क्यान्सरको सिकार भएका छन्। ८२ वर्षीय बाइडेनले पिसाबमा समस्या देखिएपछि गराएको परीक्षणमा यो रोग देखा परेको हो। उनको क्यान्सरमा हार्मोन बढी सेन्सेटिभ भएका कारण उपचार सम्भव भएको जनाइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो समाचार थाहा पाएपछि सामाजिक सञ्जालमा बाइडेनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। पूर्व उपराष्ट्रपति कमला ह्यारिसले पनि बाइडेनको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन्।

डेमोक्र्याट पार्टीको तर्फबाट दोस्रो कार्यकालका लागि राष्ट्रपति उम्मेदवार भएका बाइडेन गत जुनमा टेलिभिजन बहसमा विपक्षी ट्रम्पको तुलनामा कमजोर देखिएपछि दौड त्यागेका थिए। प्रोस्टेट क्यान्सर पुरुषमा छालाको क्यान्सर पछिको सामान्य हो।

अमेरिकाको युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)का अनुसार प्रत्येक १०० मध्यका १३ जनालाई जीवनको कुनै मोडमा प्रोस्टेस क्यान्सर हुनसक्छ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ६ : ३७ बजे

निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँ : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक निर्वाचनमा

लेबनानमा इजरायली आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु

बेरुत- इरानपछि इजरायलले लेबनानमा पनि बमबारी थालेको छ। समाचारअनुसार लेबनानमा

इरानको अडान : ‘अमेरिका फर्स्ट’को नारा ‘इजरायल फर्स्ट’ भइसक्यो, अब वार्ता हुँदैन

वासिङ्टन- इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीलेले अमेरिकासँग कुनै

सल्यानमा रास्वपाको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीबाट मदिरा र चामल नियन्त्रणमा 

सल्यान– सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारप्रसारमा संलग्न

सूर्यमा चित्त नबुझे तारामा भोट हाल्न एमाले नेताको आह्वान

काठमाडौं– नेकपा (एमाले)का नेता तथा गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर