रोमानिया निर्वाचन : रुस विरोधी निकोसार राष्ट्रपतिमा निर्वाचित « Khabarhub

रोमानिया निर्वाचन : रुस विरोधी निकोसार राष्ट्रपतिमा निर्वाचित


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

रोमानिया – धेरै महिनाको राजनीतिक अशान्तिपछि रोमानियामा भएको राष्ट्रपति पदको निर्वाचनमा लिबरल पार्टीका निकोसोर डान निर्वाचित भएका छन्।

गत वर्ष भएको निर्वाचन रुसी हस्तक्षेप भन्दै खारेज भएको भन्दै रोमानियाका आक्रोशित मतदाताले पहिलो चरणमा अति दक्षिण पन्थी एयुआर पार्टीका जर्ज साइमनलाई जिताएका थिए।

अन्तिम चरणको निर्वाचनमा नरम बोली भएका डानले ५५ प्रतिशत मत पाउँदै पहिलो स्थानमा आफूलाई सुरक्षित गरेका हुन्। जितपछि सम्बोधन गर्दै उनले मतदानको दौरान जे भए पनि अब सबै मिलेर रोमानियालाई अघि बढाउनु आवश्यक रहेको बताए।

आइतबार भएको निर्वाचनमा एक करोड १६ लाखले मतदान गरेका थिए। यी मध्य ६० लाख मत पाएपछि डानको राष्ट्रपति पद पक्का भएको हो। उनले पाएको मत सङ्ख्या राष्ट्रपति हुनका लागि पर्याप्त भएपछि राति नै विजय जुलुस निकालिएको छ।

निकोसोर युक्रेनलाई सहयोग जारी राख्ने पक्षमा छन् भने साइमन युक्रेनलाई गरेको सहयोग रोक्का गर्ने पक्षमा छन्। ‘रसिया नबिर्स। रुस तिमीहरूको होइन,’विजय जुलुसमा नारा लगाइएको थियो।

गत वर्ष भएको पहिलो चरणको निर्वाचनमा कालिन जर्जेस्कुले सफलता पाएका थिए। सो निर्वाचनमा रुसी हस्तक्षेप भएको भन्दै परिणाम खारेज हुनुका साथै उनलाई फेरि उम्मेदवार हुन बञ्चित गरिएको थियो। उनको समर्थन यस पटक साइमनलाई थियो।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ८ : ०० बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि