सात वर्षमा पनि पूरा भएन दैजी–जोगबुढा सडक « Khabarhub

सात वर्षमा पनि पूरा भएन दैजी–जोगबुढा सडक


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– ठेक्का सम्झौता भएको सातवर्षसम्म पनि महेन्द्रनगर र डडेल्धुराको भित्रि मधेश जोड्ने दैजी जोगबुढा सडक निर्माण अझै सम्पन्न हुन सकेको छैन ।

२०७४ साल वैशाख ८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी नार्गाजुन कन्स्ट्रक्सनसँग २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्का सम्झौता भएको सात वर्ष बित्दा नौ किलोमिटर सडक खण्डमात्रै कालोपत्र भएको छ । हालसम्म सडक निमार्णका लागि पाँच पटक म्याद थप भएको छ । यही २०८२ असार २० गते निमार्ण सम्पन्न गर्ने गरी पाचौँ पटक म्याद थप गरिएको पूर्वाधार विकास कार्यालय महेन्द्रनगरले जनाएको छ ।

कञ्चनपुरबाट डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दूरीका हिसाबले नजिक पर्ने उक्त सडक निमार्ण नहुँदा यहाँका स्थानीयले सास्ती खेप्नु परेको छ ।

डडेल्धुराको भित्रिमधेशका स्थानीयले धनगढीको अत्तरिया भएर घुमाउरो बाटो प्रयोग गरी महेन्द्रनगर आवतजावत गर्नुपर्ने बाध्यता छ ।

सडक निर्माणमा सरोकारवाला निकायले चासो नदेखाउँदा निर्माण गरिएका ‘ड्रेन’समेत पुरिन थालेको स्थानीय राम धामीको भनाइ छ । डडेल्धुराको आधा जनसङ्ख्या भएको भित्री मधेसलाई कञ्चनपुरसँग जोड्न यो छोटो दुरीको सडक भीमदत्त राजमार्गको विकल्प समेत हो ।

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीले सडक निमार्णका लागि पाचौँ पटक म्याद थप गरिएको भएपनि सडक निमार्ण सम्पन्न हुन नसकेको जानकारी दिए । उनका अनुसार निर्माण व्यवसायीले १८ करोड ३६ लाख रकम भुक्तानी पाइसकेको छ । (रासस)

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ९ : ५९ बजे

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा डेनियल

न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून

गोविन्द केसीसँग संवाद जारी छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल