विश्वकप एसिया छनोट: यूएईले नेपाललाई दियो ११५ रनको चुनौती « Khabarhub

विश्वकप एसिया छनोट: यूएईले नेपाललाई दियो ११५ रनको चुनौती

मनिषाले लिइन चार विकेट


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ को पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई ११५ रनको चुनौती दिएको छ। यूएईले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा ११४ रन बनाएको हो।

यूएईका लागि कप्तान ईशा ओझाले सर्वाधिक ३९ रन बनाइन्। ३९ बलको सामना गरेकी उनले दुई चौका र एक छक्का हिर्काइन्। उसका लागि तीर्थ सतीशले २१, हिना होतचन्दनी २० रन जोड्दा लावन्या केनीले १३ रन बनाइन्। नेपाली बलरसामू अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

यूएईविरुद्ध टस जितेर सुरुमा फिल्ड रोजेको नेपालका लागि मनिषा उपाध्यायले उत्कृष्ट बलिङ गरिन्। चार ओभर बलिङ गरेकी उनले २० रन दिएर चार विकेट हात पारिन्। कविता कुँवरले चार ओभर बलिङ गर्दै १८ रन खर्चिएर दुई विकेट हात पर्दा राजमती ऐरीले चार ओभर बलिङ गर्दै २२ रन दिएर एक विकेट लिइन्। नेपालका अन्य कुनै पनि बलर चल्न सकेनन्। अब केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ।

आईसीसी महिला विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोटको सुपर-३ अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा टस जितेर सुरुमा बलिङ गर्ने निर्णय गरेको हो।

आजको खेलमा जित निकाले नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ। पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ। आयोजक थाइल्यान्ड भने सुपर तीनको एक खेल अगावै ग्लोबल छनोटमा पुगिसकेको छ।

प्रतियोगितामा आइतबारको खेलमा थाइल्यान्डले यूएईलाई ४५ रनले हराएको थियो। प्रतियोगितामा सहभागी नेपाल समूह ‘सी’को विजेता हो भने थाइल्यान्ड समूह ‘ए’ र यूएई समूह ‘बी’को विजेता टिम हुन्।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  १० : २१ बजे

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको

गल्लीगल्लीका ‘ग्याङ फाइट’ ले लिँदै छ ज्यान, भिडियो खिच्नेबाट प्रहरी हैरान

काठमाडौँ – प्रसङ्ग हो– जेठ ९ गते कैलालीमा भएको ग्याङफाइट

लेबनानमा आक्रमण: बालबालिकासहित ३१ जनाको मृत्यु

बेरुत – इजरायलले दक्षिणी र पूर्वी लेबनानमा आक्रमण तीव्र बनाएको

आईपीएल : इलिमिनेटरमा राजस्थान र हैदरावाद भिड्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज इलिमिनेटर खेल

नेपाल प्रेस युनियनले आज ३५औँ स्थापना दिवस मनाउँदै, विधान महाधिवेशनको आयोजना

काठमाडौँ– लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठन नेपाल प्रेस युनियनले आज देशभर