विश्वकप एसिया छनोट: यूएईले नेपाललाई दियो ११५ रनको चुनौती « Khabarhub

विश्वकप एसिया छनोट: यूएईले नेपाललाई दियो ११५ रनको चुनौती

मनिषाले लिइन चार विकेट


५ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ को पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई ११५ रनको चुनौती दिएको छ। यूएईले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा ११४ रन बनाएको हो।

यूएईका लागि कप्तान ईशा ओझाले सर्वाधिक ३९ रन बनाइन्। ३९ बलको सामना गरेकी उनले दुई चौका र एक छक्का हिर्काइन्। उसका लागि तीर्थ सतीशले २१, हिना होतचन्दनी २० रन जोड्दा लावन्या केनीले १३ रन बनाइन्। नेपाली बलरसामू अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

यूएईविरुद्ध टस जितेर सुरुमा फिल्ड रोजेको नेपालका लागि मनिषा उपाध्यायले उत्कृष्ट बलिङ गरिन्। चार ओभर बलिङ गरेकी उनले २० रन दिएर चार विकेट हात पारिन्। कविता कुँवरले चार ओभर बलिङ गर्दै १८ रन खर्चिएर दुई विकेट हात पर्दा राजमती ऐरीले चार ओभर बलिङ गर्दै २२ रन दिएर एक विकेट लिइन्। नेपालका अन्य कुनै पनि बलर चल्न सकेनन्। अब केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ।

आईसीसी महिला विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोटको सुपर-३ अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा टस जितेर सुरुमा बलिङ गर्ने निर्णय गरेको हो।

आजको खेलमा जित निकाले नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ। पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ। आयोजक थाइल्यान्ड भने सुपर तीनको एक खेल अगावै ग्लोबल छनोटमा पुगिसकेको छ।

प्रतियोगितामा आइतबारको खेलमा थाइल्यान्डले यूएईलाई ४५ रनले हराएको थियो। प्रतियोगितामा सहभागी नेपाल समूह ‘सी’को विजेता हो भने थाइल्यान्ड समूह ‘ए’ र यूएई समूह ‘बी’को विजेता टिम हुन्।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  १० : २१ बजे

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ