शिक्षा उपसमितिको प्रतिवेदनप्रति शिक्षक महासङ्घको आपत्ति « Khabarhub

शिक्षा उपसमितिको प्रतिवेदनप्रति शिक्षक महासङ्घको आपत्ति


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल शिक्षक महासङ्घले संघीय संसदको शिक्षा समिति अन्तर्गतको उपसमितिले पेस गरेको प्रतिवेदनप्रति आपत्ति जनाएको छ । 

महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आज फेसबुकमार्फत झण्डै एक महिना भएको काठमाडौं केन्द्रित आन्दोलनको मागको मर्म विपरीत शिक्षा उपसमितिले प्रतिवेदन बुझाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

उनले अहिले दर्ता भएको विधेयक भन्दा पनि उपसमितिको प्रतिवेदन अनुदार र शिक्षक–कर्मचारी  विरोधी भएको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्– ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत गठित उपसमितिले पेस गरेको प्रतिवेदन  थुप्रै सवालमा अहिले दर्ता भएको विधेयक भन्दा पनि अनुदार र शिक्षक–कर्मचारी विरोधी भएको देखियो ।’

उनले लेखेका छन्– ‘यसले अस्थायी प्रकृतिका राहत, साविक उमावि, अस्थायी र करार, सिकाइ अनुदान, प्राविधिक धार,  विशेष शिक्षा लगायतका शिक्षकलाई पनि सहमति बमोजिम न्याय गरेन, आवधिक बढुवाको प्रबन्ध पनि चन्द्रमामा दिएको घडेरी जस्तै हुने भयो, सरुवा झन् शिक्षक मारा भयो, अस्थायी अवधि गणनाको समस्या पनि सम्बोधन भएन, विभागीय कार्यबाही जस्ताको तस्तै रह्यो ।’

अध्यक्ष सुवेदीले सरकारको तयारी हेर्दा झनै दह्रो लडाइँ लड्नुको विकल्प नभएको उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  १० : ४५ बजे

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको