नेपाली टोली पहिलो पटक महिला विश्वकपको ग्लोबल छनोटमा « Khabarhub

नेपाली टोली पहिलो पटक महिला विश्वकपको ग्लोबल छनोटमा


५ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली टोली पहिलो पटक आईसीसी महिला विश्वकपको ग्लोबल छनोटमा पुग्न सफल भएको छ । नेपाली टोलीले एक खेलअघि नै उक्त छनोटमा स्थान बनाएको हो।

आइतबार भएको ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई ५ विकेटले हराउन सफल भयो । यो जितपछि नेपाल र थाइल्यान्ड एसियाबाट ग्लोबल छनोटमा पुग्न सफल भए ।

नेपालले अब मंगलबार औपचारिकताका लागि अन्तिम खेल थाइल्यान्डविरुद्ध खेल्दैछ । नेपाली महिला टोली पहिलो पटक ग्लोबल छनोटको यात्रा गर्न सफल भएको हो ।

नेपालले विश्वकपमा पुग्न अन्तिम चरणको छनोट खेल्न बाँकी छ । छनोटमा १० देशबीच प्रतिस्पर्धा हुनेछ। ती १० देशबाट शीर्ष चारदेश विश्वकपमा पुग्नेछन् ।

स्कोर

पहिले ब्याटिङमा आएको यूएईले दिएको ११५ रनको सामान्य चुनौतीलाई नेपालले अन्तिम तीन बल बाँकी हुँदा भेट्टायो। त्यसक्रममा अविजित रहेकी नेपाली कप्तान इन्दु बर्माले ३० रनको योगदान गरिन् ।

उता रुविना क्षेत्री बेलबासेले १८ बलमा २३ रन बनाइन् । नेपालका लागि ओपनर सम्झना खड्का २१ र उकप्तान पूजा महतो १३ रन बनाउँदै आउट भए ।

पराजित यूएईका मेचेली बोथा, सुरक्षा कोत्ते, भैश्नवी महेश र ईशा ओझाले १/१ विटेक झारे । बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ७ विकेट क्षतिमा ११४ रन जोडेको थियो ।

त्यसक्रममा यूएईकी कप्तान इशाले ३९ रन जोडिन् । ओपनर तीर्थ शतिशको नाममा २१ रन रह्यो । त्यसैगरि हिना होत्चान्डीले २० र लावन्या केनीले १२ रन जोडिन् । बलिङमा नेपालकी मनीषा उपाध्यायले ४ विकेट झारिन्।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  १२ : ३४ बजे

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ