‘मैले कहिल्यै चामल किन्नु परेन’ भन्ने जापानी मन्त्रीले मागे माफी « Khabarhub

‘मैले कहिल्यै चामल किन्नु परेन’ भन्ने जापानी मन्त्रीले मागे माफी


५ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफूले कहिल्यै चामल किन्नु नपरेको बताएका जापानी मन्त्रीले माफी मागेका छन् । जापानका कृषिमन्त्री ताकु एतोले सोमबार माफी मागेका हुन् ।

यसअघि उनले समर्थकबाट पाउने उपहारका कारण आफूले कहिल्यै चामल किन्नु नपरेको बताएका थिए । उनको यो भनाइपछि मूल्यवृद्धिको सामना गरिरहेका आम जापानी उपभोक्तामा आक्रोश छाएको थियो ।

आइतबार राजनीतिक चन्दा संकलन कार्यक्रममा मन्त्री एतोले आफूले कहिल्यै चामल किन्नु नपरेको बयान दिएका थिए । जापानको एनएचके समाचार संस्थाले सार्वजनिक गरेको भिडियोमा उनले आफूसँग बेच्न समेत पुग्ने चामल रहेको बताएका छन् ।

एतोको यो भनाइ जापानमा रातारात भाइरल भएको थियो । कतिपय जापानीले मन्त्रीको राजीनामा समेत मागेका थिए ।

उनले आफूले गलत बोलेको भन्दै सोमबार माफी मागेका हुन् । उनले पार्टी कार्यकर्ताको भीडलाई खुशी पार्न यस्तो बोलेको हुनसक्ने समेत प्रष्टोक्ति दिएका छन् ।

पछिल्लो समय जापानमा चामलको भाउ बढिरहेको समाचार संस्था रोयटर्सले जनाएको छ । अहिले जापानमा ५ किलो चामलको भाउ औसतमा ४ हजार २ सय ६८ येन रहेको जनाइएको छ । यो अघिल्लो साताभन्दा ५४ येन धेरै हो ।

जापानमा आगामी जुलाई महिनामा माथिल्लो सदनको चुनाव आयोजना हुँदैछ । त्यसअघि जापानी मन्त्रीको यो भनाइले आम मतदातामाझ चर्को रोष पैदा गरेको जनाइएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ३ : ५० बजे

तिहारसम्म सयपत्री फूल जोगाउन किसानलाई सकस, बजारको पनि चिन्ता

झापा- तिहार नजिकिँदै गर्दा झापाका सयपत्री फूल उत्पादक किसानलाई फूल टिप्ने

भोटेकोशी बाढीको क्षति वर्गीकरण गरेर मूल्याङ्कन हुँदै

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले भोटेकोशी बाढीका कारण विभिन्न

राजनीतिक जिम्मेवारी लिएका तीन कर्मचारीमाथि कारबाही सिफारिस

काठमाडौँ– राजनीतिक दलमा जिम्मेवारी लिएका तीन जना सरकारी कर्मचारीमाथि कानुनी कारबाही

किसानलाई जै घाँसको बीउ वितरण, पशुलाई पोषणयुक्त आहारा हुने

बनेपा– रविओपीस्थित देउराली दुग्ध उत्पादक सहकारी संस्था र सेतीदेवी दुग्ध

बुढीगण्डकीको बाढीले शान्तिबजारका बस्ती डुबानमा, विस्थापित परिवार टेन्टमा (तस्बिरहरू)

गोरखा– बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्ती