कोशीका चार सांसद सवार गाडीलाई डीएसपीले हाँकेको कारले ठक्कर दियो « Khabarhub

कोशीका चार सांसद सवार गाडीलाई डीएसपीले हाँकेको कारले ठक्कर दियो


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोशी प्रदेश सभा सदस्यहरू सवार एउटा गाडी मोरङको कानेपोखरीमा दुर्घटनाग्रस्त भएको छ ।

झापाबाट विराटनगर जाने क्रममा दुर्घटनामा परेको गाडीमा प्रदेश सभा सदस्यहरू नेकपा एमालेका सांसदद्वय नम्बरलाल धिमाल र राधाकृष्ण खनाल, नेपाली कांग्रेसकी मैया श्रेष्ठ र एकीकृत समाजवादीकी विद्या चाम्लिङ सवार थिए ।

उनीहरू सवार गाडीलाई एकजना डीएसपीले हाँकेको अर्को कारले ठक्कर दिएको खुलेको छ ।

इटहरीबाट झापातिर गइरहेको बा ५ च ३५२० नम्बरको रातो कारले विराटनगरतर्फ आइरहेको बीएइ १४०६ नम्बरको चारजना सांसदहू सवार अर्को गाडीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

सांसदहरू सवार गाडीलाई ठक्कर दिने कार जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले हाँकेको खुलेको छ।

यता सांसदहरू सवार गाडीलाई झापाको दमक नगरपालिका-१ निवासी का ४० वर्षीय भेषराज श्रेष्ठले हाँकिरहेका थिए । उक्त दुर्घटनामा दुवैतर्फ मानवीय क्षति भएको छैन ।

तर दुवै सवारीसाधानमा भने ठूलो क्षति पुगेको छ । सांसदहरू सवार गाडीको अगाडिको भागमा ठूलो क्षति पुगेको छ ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ४ : २८ बजे

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान

सुनितालाई घरमै नागरिकता

पर्वत– जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला

एमालेमा कलहबीच शंकर र योगेशको तस्बिर राख्दै रामकुमारीको तर्क, ‘समस्याको केन्द्र केपी ओली मात्रै होइनन्’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले महासचिव शंकर पोखरेल

बैंकिङ कारोबारमा बागमती प्रदेशको एकल वर्चस्व, कर्जा र निक्षेपमा कर्णाली सबैभन्दा पछाडि

काठमाडौं– नेपालको बैंकिङ क्षेत्रको कुल निक्षेप र कर्जा परिचालनमा बागमती

विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका 

काठमाडौं– अहिले आँपको सिजन हो । स्वाद, सुगन्ध र पौष्टिकताले