सेखाङलुग्वा खोलामा लेदोसहितको पहिरो : हुम्लाको तिल गाउँ जोखिममा « Khabarhub

सेखाङलुग्वा खोलामा लेदोसहितको पहिरो : हुम्लाको तिल गाउँ जोखिममा


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– हुम्लाको नाम्खा गाउँपालिका–६ मा रहेको तिल गाउँमा जोखिममा रहेको छ । गत जेठ १ गते सेखाङलुग्वा खोलामा लेदोसहितको पहिरो आएपछि गाउँ जोखिममा परेको हो ।  

पहिरोको जोखिम परेका १८ घरपरिवारका ३२ जनालाई जेठ १ गते राति नै विद्यालयमा राखिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । 

‘अहिले पनि त्रिपालमा बस्दै आएका छन्,’ उनले भने,‘२१ महिला, ९ जना पुरुष र २ बालक छन् ।’ पहिरोका कारण तिल्चुङ खोलामा रहेका ५ वटा काठे पुल बगाएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताए । 

‘लेदोसहित पहिरो आउनुको कारणका विषयमा अध्ययन भइरहेको छ ,’ उनले भने,‘जोखिममा परेको गाउँका मानिस अहिले सुरक्षित स्थानमा राखिएको छ ।’

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ४ : ५५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका