प्राथमिक विद्यालयमा महिलाका भित्री वस्त्र (ब्रा) फेला परेपछि प्रहरी नै चकित « Khabarhub

प्राथमिक विद्यालयमा महिलाका भित्री वस्त्र (ब्रा) फेला परेपछि प्रहरी नै चकित


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयदेखि बन्द रहेको एक प्राथमिक विद्यालयमा १ सय ५० भन्दा धेरै वटा महिलाले लगाउने भित्री वस्त्र (ब्रा) फेला परेपछि अधिकारीहरु आश्चर्यमा परेका छन् । घटना इण्डोनेशियाको हो ।

इण्डोनेशियाको पूर्वी जाभा प्रान्तस्थित केपोबारु जिल्लास्थित क्राङकोङ प्राथमिक विद्यालयमा ती वस्तु फेला परेको इण्डोनेशियाबाट प्रकाशित हुने कोम्पास अखबारको अनलाइन संस्करणले जनाएको छ । उक्त विद्यालय भवन सन् २०१९ देखि बन्द रहेको जनाइएको छ ।

गाउँको मैदानमा खेलिरहेका साना बालबालिकाले ती वस्तु लगाएपछि अधिकारीहरुले छानबिन गरेका थिए । पछि आइतबार विद्यालयको कक्षाकोठामा विभिन्न रंगका ती वस्तु फेला परेको थियो ।

समाचारमा जनाइएअनुसार हादी नाम गरेका व्यक्ति खेतबाट घर फर्किँदै थिए । उनले केटाकेटीले ती वस्तु लगाएर खेलेको देखेका थिए ।

‘खेलिरहेका बेला लगाएका ती वस्तु कहाँबाट आए भनेर प्रश्न सोध्दा केटाकेटीले विद्यालयको कोठामा भेटेको बताएका थिए ।’ केपोबारु प्रहरी प्रमुख इप्तु सुप्रियान्तोलाई उद्धृत गर्दै कोम्पासले लेखेको छ ।

केटाकेटीले जवाफ दिएपछि हादीले सन् २०१९ देखि बन्द रहेको विद्यालय भवन पुगेर निरीक्षण गरेका थिए । सोही विद्यालयको एउटा कक्षाकोठामा सयौँको सङ्ख्यामा ती वस्तु जथाभावी फालिएको अवस्थामा भेटिएको थियो ।

त्यसपछि हादीले ती वस्तु चोरिएको वा अरु कसैको भएको हुनसक्ने ठानेर घटनाबारे गाउँका मुखिया र प्रहरी अधिकारीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुग्दा बोरामा खाँदेको अवस्थामा अरु पनि ती वस्तु फेला पारेका थिए । प्रहरीका अनुसार त्यहाँ १ सय ५० को संख्यामा ती वस्तु फेला परेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ५ : ११ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी