रेशमलाई चार घण्टा जेल पठाउने महिमान एक लाख धरौटीमा छुटे « Khabarhub

रेशमलाई चार घण्टा जेल पठाउने महिमान एक लाख धरौटीमा छुटे


५ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई चार घण्टाका लागि डिल्ली बजार जेल पठाउने गरी पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट एक लाख धरौटीमा रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीनबन्धु बरालको इजलासले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । उनी सोमबार नै धरौटी बुझाएर रिहा भएका छन् ।

विष्टले गत वैशाख १७ गते अनधिकृत रूपमा जिल्ला प्रहरी परिसरलाई पत्र लेखेपछि रेशमलाई प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरेर डिल्लीबजार कारागार चलान गरिएको थियो । उक्त पत्र लिएर उनी आफैँ जिल्ला प्रहरी परिसर काठमाडौं पुगेपछि प्रहरीले रेशमलाई तत्कालै पक्राउ गरेर डिल्ली बजार जेल चलान गरेको थियो ।

तर विष्टले लेखेको पत्र नै अनधिकृत भएको पुष्टि भएपछि रेशम चार घण्टापछि वैशाख १७ गते साँझ डिल्ली बजार जेलबाट रिहा भए ।

पत्र अनधिकृत रहेको पुष्टि भएलगत्तै सर्वोच्च अदालत प्रशासनले महिमानलाई प्रहरीको जिम्मा लगाएको थियो। उनले टीकापुर हत्याकाण्डका पीडितको आत्मालाई शान्ति दिन उक्त पत्र लेखेको बयान दिएका थिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ६ : ०० बजे

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै