कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक « Khabarhub

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । 

सोमवार विराटनगर स्थित प्रदेश सभा भवनमा बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश सरकारको १ सय ११ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

प्रस्तुत नीति तथा कार्यक्रममा यस पटक सरकारको नीति ऐतिहासिक महत्वका ठाउँहरूको संरक्षणदेखि जलवायु सम्मेलन आयोजना र सामाजिक सुधारसम्म केन्द्रित देखिएको छ ।

कोशी प्रदेशसँग सम्बन्धित राष्ट्रपतिको जन्मस्थल र प्रधानमन्त्रीहरूको घरको संरक्षण गरिने कोशी सरकारको योजना छ । त्यस्तै आगामी वर्ष कोशी जलवायु सम्मेलन २०८२ आयोजना गरिने बताइएको छ ।

मैथिली र लिम्बू भाषालाई प्रदेश सरकारको कामकाजमा प्रयोग गरिने तथा मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियानमार्फत स्वास्थ्य साक्षरतामा जोड दिइने कोशी प्रदेश प्रमुख परशुराम खापुङले उल्लेख गरे । 

 स्वच्छ, सुखी र समुन्नत प्रदेश भन्ने नारा सहित कोशी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा सेवा प्रवाहलाई चुस्त, जिम्मेवार र जबाफदेही बनाउने देखि प्रदेश प्रतिको आस्था र विश्वास बढाउन काम र व्यवहार परिवर्तन गर्ने नीति राखिएको छ ।

भौतिक पूर्वाधार, कृषि, पर्यटन र सूचना प्रविधिलाई प्रमुख प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा एकल बिन्दु सेवाप्रवाह प्रणाली, पदमार्गमा आधारित पर्यटन विकास, कृषक सबैभन्दा अगाडि, म अघि बढ्छु जस्ता कार्यक्रमहरू समावेश गरिएको छ । 








प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ६ : ५७ बजे

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दी– म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको

कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना

काठमाडौं – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लोकतान्त्रिक विधिबाट विशेष महाधिवेशन

हाम्रो पाठशालाले गाली गर्न सिकाएको होइन : कांग्रेस नेता भण्डारी

काठमाडौं – कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेसको पाठशालाले गाली नगर्न

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुर्‍याउने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता, धार्मिक

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको