यूएईमा ट्राफिक नियम उल्लंघन गर्दा नेपाल आउन पाइन्छ कि पाइँदैन ? त्यहाँका कानुन व्यवसायी यसो भन्छन् | Khabarhub Khabarhub

यूएईमा ट्राफिक नियम उल्लंघन गर्दा नेपाल आउन पाइन्छ कि पाइँदैन ? त्यहाँका कानुन व्यवसायी यसो भन्छन्


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खाडी मुलुक यूएईमा लाखौँ नेपालीहरु छन् । त्यहाँको कानुन नबुझ्दा धेरै नेपालीले समेत दुःख पाउँदै आएका छन् । कानुनबारे यथेष्ट जानकारी नहुँदा कतिपय नेपालीले यूएईबाट घर आउन नपाएको अवस्था पनि छ ।

प्रायः ऋण नतिर्दा, चेक अनादरको घटनामा पर्दा वा आपराधिक मुद्दा लाग्दा यूएईबाट घर फर्किन पाइँदैन । यूएईमा रहेको अवतिफ शोकी एड्भोकेट्स एण्ड लिगल कन्सल्टेन्सी नामक कानुनी सेवा प्रदायक संस्थाका कानुन व्यवसायी डा. हसन एलहाइसले यसबारे गल्फ न्यूजलाई जानकारी दिएका छन् ।

उनका अनुसार ऋण नतिरेको अवस्थामा अदालतको फैसलापछि आसामीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी ऋणीलाई देशबाहिर जान नदिन सरकारसँग आग्रह गर्नसक्छ ।

अदालतको फैसलापछि पनि ऋण तिर्न आनाकानी गरे आसामीले ऋणीलाई देशबाहिर जान नदिन सरकारसँग आग्रह गर्नसक्छ । कतिपय विशेष अवस्थामा भने आसामीले कानुनी कारवाही शुरु हुनुअघि नै सोझै ऋणीलाई देशबाहिर जान नदिन समेत सरकारसँग आग्रह गर्नसक्ने उनको भनाइ छ ।

डा. एलहाइसका अनुसार चेक अनादर मुद्दामा पनि वादी पक्षले प्रतिवादीविरुद्ध सोझै कानुनी उपचार खोज्न सक्छ । यस मुद्दा कानुनी प्रक्रियामा गएर अदालतले आदेश दिएपछि पनि अनादर भएको चेकमा रहेको रकम फिर्ता नगरेमा वादी पक्षले प्रतिवादीलाई देशबाहिर जान नदिन सरकारसँग आग्रह गर्नसक्छ ।

यस्ता मुद्दामा ऋणीले आसामीको पैसा फिर्ता गरी कानुनी प्रक्रिया पूरा गरे देश बाहिर जान सक्छ । तर, पैसा फिर्ता गरेपछि देशबाहिर जान दिने प्रक्रिया पूरा हुन एकदेखि दुई दिन लाग्नसक्छ ।

आपराधिक मुद्दामा भने प्रहरी वा अभियोजनकर्ताले नै प्रतिवादी पक्षलाई देशबाहिर जान निषेध गर्नसक्छ । आपराधिक घटनाको अनुसन्धानका क्रममा प्रतिवादी पक्षलाई कानुनी कारवाही पूरा भएर सफाइ नपाउन्जेलसम्म देशबाहिर पठाउन नसक्ने प्रावधान छ ।

सामान्यतः कसैले ट्राफिक नियम उल्लंघन गरेको अवस्थामा भने देशबाहिर जान नपाउने भन्ने हुँदैन । घटनाको गम्भीरताका आधारमा कसैलाई देशबाहिर जान दिने वा नदिने निर्णय गरिने एमआईओ ल फर्मका कार्यकारी साझेदार अहमद ओदेहले गल्फ न्यूजलाई बताएका छन् ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ७ : २८ बजे

मापदण्ड विपरीत बिक्री वितरण गरेको औषधि बरामद

काठमाडौं– प्रहरी वृत महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गर्ने

६ वर्षपछि इरानविरुद्ध खेल्दै नेपाल

काठमाडौं– नेपाली महिला फुटबल टोलीले आज इरानसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ

बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ती

म्याग्दी– पूर्ण गाउँपालिका–५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुनलाई

गण्डकी प्रदेशमा ६५ सवारीसधान चोरी, १७ मात्र भेटिए

गलकोट– गण्डकी प्रदेशमा सवारी साधन चोरी भएका सवारी सङ्ख्याको तुलनामा

हुम्लामा बन्ने भयो ३३५ मेगावाटको जलविद्युत् आयोजना

काठमाडौं – आर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा कूल तीन