‘साम्बा चोक’ नामाकरणपछि सावित्राले भनिन् : यो भन्दा ठूलो सम्मान के नै हुन्छ र ? « Khabarhub

‘साम्बा चोक’ नामाकरणपछि सावित्राले भनिन् : यो भन्दा ठूलो सम्मान के नै हुन्छ र ?


५ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मर्स्याङ्दी गाउँपालिकाले आफ्नो नाममा चोकको नामाकरण गरेपछि नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारी साम्बाले खुसी व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जालमा साम्बाले लेखेकी छन्, ‘ लमजुङको छोरीको लागि आफ्नो जन्मस्थानमा यो भन्दा ठूलो सम्मान अरु के हुन सक्छ र । मर्स्याङ्दी गाउँपालिकासहित सबैमा नमन ।’

लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ खुदीपुल वारिको क्षेत्रलाई ‘साम्बा चोक’ नामाकरण गरिएको छ । आज एक कार्यक्रमबीच मर्स्याङ्दी–९ पामचोकमा फुटबलर सावित्राको सम्मानमा साम्बा चोक नामाकरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले साम्बाको तस्बिर राख्दै आजदेखि यस क्षेत्रलाई साम्बा चोक नामाकरण गरिएको घोषणा गरेका थिए ।

आफ्नै ठाउँको चेली सावित्रा फुटबल खेलको क्षेत्रबाट पालिका, जिल्ला मात्र नभई नेपाललाई विश्वसामु चिनाउन सफल भएकाले पालिकावासी हर्षित रहेको उनको भनाइ छ । यस्ता कार्यले सावित्रालाई प्रेरणा मिल्ने र फुटबल क्षेत्रमा स्थापित उहाँलाई सम्मान गर्न साम्बा चोक नामाकरण गरिएको उनले बताए ।

सावित्रा नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले परिचित छिन् । सशस्त्र प्रहरी बल क्लबबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेकी साम्बा हाल नेपाली महिला फुटबल टोलीको सर्वाधिक गोलकर्ता हुन् । सावित्रा अन्तरराष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी पनि हुन् । उनी लमजुङको तत्कालीन सिम्पानी गाविस–७ हाल मस्र्याङ्दी गाउँपालिका–९ पामचोक गाउँमा हुर्किएकी हुन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  १० : १० बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का