आमिरको पक्षमा सेन्सर बोर्डकाे निर्णय, ‘सितारे जमिन पर’ले पायो प्रदर्शन अनुमति | Khabarhub Khabarhub

आमिरको पक्षमा सेन्सर बोर्डकाे निर्णय, ‘सितारे जमिन पर’ले पायो प्रदर्शन अनुमति


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक आमिर खानको फिल्म ‘सितारे जमिन पर’ले अन्तत: प्रदर्शन अनुमति पाएको छ ।

भारतको चलचित्र जाँच बोर्डले (सेन्सर बोर्ड) लामो रस्साकस्सीपछि प्रदर्शनको अनुमति दिएको हो ।

केही दृश्य-संवादलाई लिएर सेन्सर बोर्ड र नायक खानबीच वैचारिक मतभेद भएपछि यो फिल्मले प्रदर्शन अनुमति पाउन ढिला भएको हो ।

फिल्मले राजनीतिक तथा सामाजिक संवेदनामा ध्यान नदिएको, लैङ्गिक संवेदनशीलतामा ख्याल नगरेको भन्दै प्रदर्शन अनुमति दिन बोर्डले ढिलाइ गरेको थियो ।

रोचक कुरा– दुई शब्दलाई लिएर बोर्डले आपत्ति जनाएको थियो । ती शब्दहरु हुन्– कमल र माइकल ज्याक्सन ।

फिल्ममा एक पात्रको नाम माइकल ज्याक्सन राखिएको बुझिएको छ । यो नाम प्रयोग गर्दा कपिराइटको समस्या आउन सक्ने भन्दै बोर्डले निर्माण पक्षको ध्यानकर्षण गराएको थियो ।

त्यस्तै, कमल भारतको सतारुढ दल भारतीय जनता पार्टीको चुनाव चिह्न हो । यस विषयमा बोर्डले आपत्ति जनाएको थियो ।

बोर्डले फिल्मको डिस्क्लेमर पनि संशोधन गर्न समेत सुझाव दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीको प्रेरणादायी कुरा राख्न निर्माण पक्षलाई दबाब दिएको भारतीय मिडिया आजतकले उल्लेख गरेको छ ।

बोर्डले औल्याएका गल्ती र दिएका सुझावमा नायक खान असन्तुष्ट बनेका थिए । सोहीकारण फिल्मको सेन्सर पासको काम रोकिएको हो ।

तर बोर्डको बैठकले आमिरको अडानको पक्षमा निर्णय गरेपछि फिल्मको सेन्सर पास भएको हो । जुन १६ मा बसेको बोर्डको बैठकले फिल्मलाई केही संशोधन नगरी प्रदर्शनको अनुमति दिएको भारतीय मिडिया आजतकले समाचार लेखेको छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ६ : ३४ बजे

विद्युत् बिस्तारको क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु

महोत्तरी– विद्युत् बिस्तारको काम गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु

‘सुडानको आधाभन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायता आवश्यक’

एजेन्सी– सुडानको आधा भन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायताको आवश्यकता रहको

महासङ्घ ‘ट्रबलसुटर’ को भूमिकामा : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमी, व्यवसायी

हरिचौर-मल्म-पाण्डवखानी सडक स्तरोन्नति गरिँदै

गलकोट–  ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’अन्तर्गत पर्ने बागलुङको हरिचौर-मल्म-पाण्डवखानी

आन्दोलनरत दललाई वार्तामा आउन नवनियुक्त मुख्यमन्त्रीको आग्रह

जनकपुरधाम– मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री  सरोजकुमार यादवले आफूविरुद्ध आन्दोलनमा