आमिरको पक्षमा सेन्सर बोर्डकाे निर्णय, ‘सितारे जमिन पर’ले पायो प्रदर्शन अनुमति « Khabarhub

आमिरको पक्षमा सेन्सर बोर्डकाे निर्णय, ‘सितारे जमिन पर’ले पायो प्रदर्शन अनुमति


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक आमिर खानको फिल्म ‘सितारे जमिन पर’ले अन्तत: प्रदर्शन अनुमति पाएको छ ।

भारतको चलचित्र जाँच बोर्डले (सेन्सर बोर्ड) लामो रस्साकस्सीपछि प्रदर्शनको अनुमति दिएको हो ।

केही दृश्य-संवादलाई लिएर सेन्सर बोर्ड र नायक खानबीच वैचारिक मतभेद भएपछि यो फिल्मले प्रदर्शन अनुमति पाउन ढिला भएको हो ।

फिल्मले राजनीतिक तथा सामाजिक संवेदनामा ध्यान नदिएको, लैङ्गिक संवेदनशीलतामा ख्याल नगरेको भन्दै प्रदर्शन अनुमति दिन बोर्डले ढिलाइ गरेको थियो ।

रोचक कुरा– दुई शब्दलाई लिएर बोर्डले आपत्ति जनाएको थियो । ती शब्दहरु हुन्– कमल र माइकल ज्याक्सन ।

फिल्ममा एक पात्रको नाम माइकल ज्याक्सन राखिएको बुझिएको छ । यो नाम प्रयोग गर्दा कपिराइटको समस्या आउन सक्ने भन्दै बोर्डले निर्माण पक्षको ध्यानकर्षण गराएको थियो ।

त्यस्तै, कमल भारतको सतारुढ दल भारतीय जनता पार्टीको चुनाव चिह्न हो । यस विषयमा बोर्डले आपत्ति जनाएको थियो ।

बोर्डले फिल्मको डिस्क्लेमर पनि संशोधन गर्न समेत सुझाव दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीको प्रेरणादायी कुरा राख्न निर्माण पक्षलाई दबाब दिएको भारतीय मिडिया आजतकले उल्लेख गरेको छ ।

बोर्डले औल्याएका गल्ती र दिएका सुझावमा नायक खान असन्तुष्ट बनेका थिए । सोहीकारण फिल्मको सेन्सर पासको काम रोकिएको हो ।

तर बोर्डको बैठकले आमिरको अडानको पक्षमा निर्णय गरेपछि फिल्मको सेन्सर पास भएको हो । जुन १६ मा बसेको बोर्डको बैठकले फिल्मलाई केही संशोधन नगरी प्रदर्शनको अनुमति दिएको भारतीय मिडिया आजतकले समाचार लेखेको छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ६ : ३४ बजे

दुई वर्ष अगाडिको मिति राखेर हर्क साम्पाङले मागे सांसद बैठकमा छुट्टी

काठमाडौँ – श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा

गृहमन्त्री गुरुङले गरे विमानस्थल विपद् उद्धार गणको आकस्मिक अनुगमन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्ष २०८३/८४ को

वर्षाले खेल रोकिएपछि पञ्जाब र कोलकाताले अंक बाँडे, पञ्जाब शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति कोलकाता नाइट

आज प्रतिनिधि सभाको बैठक : तीन वटा विधेयक प्रस्तुत हुँदै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १

इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको