बालकको ज्यान लिने नरभक्षी चितुवा नियन्त्रणमा लिन सकस « Khabarhub

बालकको ज्यान लिने नरभक्षी चितुवा नियन्त्रणमा लिन सकस


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

तनहुँ– बन्दीपुर गाउँपालिका– २ कुवादीका ६ वर्षीय बालक उत्सव गुरुङको चितुवाको आक्रमणमा परी मृत्यु भएको नौ दिन बितिसक्दा पनि चितुवालाई नियन्त्रणमा लिन सकिएको छैन ।

गत जेठ २६ गते साँझ आफ्नै घरआँगनमा खेल्दै गरेको अवस्थामा चितुवाले आक्रमण गरी बालकको ज्यान लिएपछि सिद्धथान सामुदायिक वनमा बाख्रासहितका पाँचवटा खोर राखेर पासो थाप्ने काम गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका भेटेरिनरी प्राविधिक दिनेश ढकाल, राष्ट्रिय प्राकृतिक संरक्षण कोषका किरणराज रिजाल र वन्यजन्तु प्राविधिक थिरुलाल थारूको डार्टिङ टोलीले त्यस क्षेत्रमा निगरानी बढाइरहेको छ ।

डार्टिङ टोलीले चितुवा भेटेको अवस्थामा बेहोस बनाएर अन्यत्र स्थानान्तरण गर्ने योजना रहेको डिभिजन वन कार्यालयका वन अधिकृत तथा सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘डार्टिङ टोलीले चितुवाको पदमार्ग र दिशा भेटिएकाले छिट्टै नियन्त्रणमा लिन सकिनेमा विश्वस्त रहेको जनाएका छन् ।’

बन्दीपुरमा चितुवा आक्रमणमा परी चालु आर्थिक वर्षको साउनदेखि यता ११ महिनाको अवधिमा तीन बालबालिकाले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउने बालक दुई र एक बालिका रहेका छन् । डिभिजन वन कार्यालयका अनुसार २०७४ फागुन ९ गतेदेखि आठ वर्षको अवधिमा १२ बालक र पाँच बालिकाले ज्यान गुमाइसकेका छन् ।

जिल्लाका भानु, बन्दीपुर, आँबुखैरेनी, व्यासलगायतका पालिकामा चितुवाको आक्रमणले मानवीय क्षति भएको छ । चितुवाको आक्रमणबाट आठ वर्षको अवधिमा २१ जना घाइते भएका छन् । घटना भएपछि स्थानीयवासीलाई साँझपख घरबाहिर ननिस्कन र सतर्कता अपनाएर बस्न तथा चितुवा देखिए तुरुन्त सम्पर्क गर्न स्थानीयलाई आग्रह गरिएको डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।

चितुवाले पुनः आक्रमण गर्ने सम्भावना रहने हुँदा नियन्त्रणमा लिनका लागि सोही ठाउँ आसपासमा पासो राखिएको अर्का वन अधिकृत नवीन विश्वकर्माले बताए । चितुवाका लागि सिकार गर्ने अनुकूल समय साँझपख हुने भएकाले घरबाहिर निस्कन नहुने र बालबालिकालाई एक्लैदुक्लै छाड्न नहुने विश्वकर्माको भनाइ छ ।

साँझमा सिकार खोज्ने चितुवाले मृग, कुकुर वा गाईवस्तुका बाछाबाछी नभेट्दा बालबालिका निशानामा पर्ने जोखिम अत्यधिक हुने भएकाले सतर्कता अपनाउन सबैमा आग्रह गरिएको कार्यालय प्रमुख शरदकुमार अधिकारीले बताए । (रासस)

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ९ : ५७ बजे

अस्पतालमा भर्ना नलिई फुटपाथमा प्रसूति घटनाको छानबिन गर्न टोली गठन

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि

‘अनलाइन प्रणाली ह्याक गराएर सरकारले गुण्डागर्दी र लुटपाट शैलीमा ठेक्कापट्टा लगाउन खोज्यो’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सरकारले

हिजबुल्लाहले बनाएको दुई किलोमिटर लामो सुरुङमा इजरायलले विस्फोट गराउँदा ४.१ म्याग्निच्युडको भूकम्प

जेरूसेलम- इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहले निर्माण गरेको २ किलोमिटरभन्दा लामो

शल्यक्रियापछि काममा फर्किइन् दीपाश्री, स्टुडियोको ढोका ढोगेर काम सुरु गरिन्

काठमाडौं – कलाकार तथा निर्देशक दीपाश्री निरौला ब्रेन ट्युमरको शल्यक्रिया

होल्डिङ सेन्टरमा घुम्ती स्वास्थ्य सेवा दिन निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले घुम्ती