ओली सरकारको ११ महिनामा बढ्यो सवा दुई खर्ब ऋण « Khabarhub

ओली सरकारको ११ महिनामा बढ्यो सवा दुई खर्ब ऋण


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षको ११ महिनामा देशमा सवा दुई खर्ब बढी सार्वजनिक ऋण थपिएको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्म कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ रहेकोमा जेठ मसान्तसम्म आइपुग्दा उक्त ऋणको हिस्सा दुई खर्ब २० अर्ब ५८ करोडले थपिएर २६ खर्ब ५४ अर्ब ६६ करोड ८ लाख पुगेको हो ।

११ महिनामा सवा दुई खर्ब ऋण थपिएसँगै देशको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४३.४७ प्रतिशत पुगेको छ । जुन ऋणमा वैदेशिक ऋणको हिस्सा ५२.०६ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.९४ प्रतिशत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जेठ मसान्तसम्म आन्तरिक ऋण दायित्व १२ खर्ब ७२ अर्ब ५३ करोड ३० लाख रुपैयाँ रहेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको २२.३१ प्रतिशत हो । त्यस्तै, समीक्षा अवधिसम्म वैदेशिक ऋण दायित्व १३ खर्ब ८२ अर्ब १२ करोड ७८ लाख रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको २४.२३ प्रतिशत हो ।

सरकारले चालु आर्थिक वर्षमा पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा जेठ मसान्तसम्म चार खर्ब १४ अर्ब १९ करोड प्राप्ति गरेको जनाएको छ । त्यस्तै, लक्ष्य अनुसार समीक्षा अवधिमा आन्तरिक ऋण ९५.४५ र बाह्य ऋण ४५.७२ प्रतिशत प्राप्त भएको कार्यालयले प्रतिवेदनमा उल्लेख गरेको छ ।

कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षका लागि सार्वजनिक ऋण सेवाका लागि चार खर्ब दुई अर्ब ८५ करोड २६ लाख बजेट व्यवस्था गरेको थियो । जसमध्ये जेठ मसान्तसम्म ८१ प्रतिशत खर्च भएको छ । सो अवधिसम्म कुल ऋण भुक्तानीमध्ये आन्तरिक ऋण भुक्तानीको लागि ८२.४२ प्रतिशत र बाह्य ऋण भुक्तानीको लागि ७८.७२ प्रतिशत खर्च गरेको छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  १० : १० बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै