एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन | Khabarhub Khabarhub

एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा– शेर्पा समाज बेल्जियम र जर्मनको आर्थिक सहयोगमा ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले शववाहन सञ्चालनमा ल्याएको छ ।

गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले नौ लाख १३ हजार रुपैयाँ खर्च गरेर पुरानो एम्बुलेन्स मर्मत गरी शववाहन तयार गरिएको बताए । एम्बुलेन्स बिग्रिएर नचल्ने अवस्थामा पुगेपछि शववाहन बनाइएको थियो ।

अध्यक्ष शेर्पाको मागअनुसार शेर्पा समाज बेल्जियम र जर्मनले खिजीदेम्बालाई शववाहन सञ्चालनका लागि आर्थिक सहयोग रकम पठाएपछि खिजीदेम्बामा शववाहन सञ्चालन गर्न सम्भव भएको हो ।

गाउँपालिकाले सहयोग गर्ने शेर्पा समाज बेल्जियम र जर्मनले खिजीदेम्बाको पहिचान झल्काउने सांस्कृतिक उद्यान निर्माणमा समेत सहयोग गर्ने भएको छ ।

यसअघि शववाहन नहुँदा परीक्षण गर्नुपर्ने शव ट्र्याक्टरमा मृतकका आफन्तले महँगो खर्चमा रुम्जाटार र रामेछापको सदरमुकाम मन्थली लैजानुपर्ने बाध्यता थियो ।

जुनसुकै सवारीले शव नबोक्ने र बोक्ने सवारीले महँगो रकम लिने गरेको थियो । शववाहन सञ्चालनमा ल्याउने खिजीदेम्बा जिल्लामा पहिलोे पालिका हो । जिल्लाका अन्य कतिपय स्थानीय तहमा एउटा पनि एम्बुलेन्स छैन । खिजीदेम्बामा पाँच एम्बुलेन्स सञ्चालमा छन् । (रासस)

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ११ : ५८ बजे

भक्तपुरमा आगलागी, दुई लाख बराबरको धनमाल जलेर नष्ट

भक्तपुर– चाँगुनारायण नगरपालिका-८ सुडालस्थित दुलाल गाउँ बस्ने २७ वर्षीया रञ्जना घोरासैनीको गोठमा

अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच भेट

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका

तार्दीखोलामा पक्की पुल निर्माण

लमजुङ– यहाँको दोर्दी गाउँपालिका–१ र राईनास नगरपालिका–९ जोड्ने तार्दीखोलामा पक्की

भूमि आयोगको कामलाई स्थानीय तहले चासो दिएनन्, समस्या समाधानमा ढिलाइ

भोजपुर– यहाँका स्थानीय तहको कम चासोका कारण भूमि समस्या समाधान

काठमाडौं र ललितपुरमा करिब ११ लाख बराबरको धनमाल चोरी

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका-१० डेरा गरी बस्ने उदयपुर घर भएका २९