ऋण भुक्तानीमै सकियो बजेटको १९.४६ प्रतिशत हिस्सा « Khabarhub

सार्वजनिक ऋण

ऋण भुक्तानीमै सकियो बजेटको १९.४६ प्रतिशत हिस्सा


५ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले चालु आर्थिक वर्षको ११ महिनामा सार्वजनिक ऋणको साँवा-ब्याज भुक्तानीमै वार्षिक बजेटको १९.४६ प्रतिशत हिस्सा खर्चेको छ । आन्तरिक वा वैदेशिक ऋण र त्यस्तो ऋण परिचालन गर्दा थपिएको दायित्व नै सार्वजनिक ऋण हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार; सरकारले जेठ मसान्तसम्म सार्वजनिक ऋणको साँवा र ब्याजबापत तीन खर्ब २९ अर्ब ६० करोड ६९ लाख रुपैयाँ भुक्तानी गरेको हो ।

यो रकम चालु आर्थिक वर्षको संशोधित बजेट आकार १६ खर्ब ९२ अर्ब ९३ करोड ३५ लाख रुपैयाँको १९.४६ प्रतिशत हुन आउँछ ।

ऋणको साँवाब्याज भुक्तानीमा खर्च भएको रकम चालु आर्थिक वर्ष २०८१/८२ को सुरु बजेटको १७.७१ प्रतिशत र संशोधित बजेटको १९.४६ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षका १६ खर्ब ९२ अर्ब ९३ करोड ३५ लाख रुपैयाँ बजेट खर्च हुने संशोधित अनुमान गरेको छ ।

सरकारले गएको साउन १ देखि आउँदो असार मसान्तसम्म ऋण सेवा खर्चमा चार खर्ब दुई अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको थियो । ऋण तिर्न छुट्याएकोमध्ये सरकारले जेठ मसान्तसम्म ८१.८२ प्रतिशत रकम भुक्तानी गरिसकेको छ ।

सावजनिक ऋणको साँवा-ब्याज भुक्तानीमा भएको सबै खर्चलाई कुल ऋण सेवा खर्च भनिन्छ । ११ महिनामा भएको यस्तो खर्च मुलुकको अर्थतन्त्रको आकार अर्थात्‌ कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५.४ प्रतिशत रहेको ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

सरकारले बितेका ११ महिनामा दुई खर्ब ७७ अर्ब ७३ करोड १९ लाख रुपैयाँ आन्तरिक ऋण भुक्तानी गरेको छ । आन्तरिक ऋणको साँवामा दुई खर्ब २३ अर्ब ३५ करोड ९४ लाख र ब्याजबापत ५४ अर्ब ३७ करोड २५ लाख रुपैयाँ भुक्तानी गरेको हो ।

यसैगरी; वाह्य ऋणको साँवाबापत ४३ अर्ब २९ करोड ७७ लाख र ब्याजबापत आठ अर्ब ५७ करोठ ७३ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

११ महिनामा साँवातर्फ दुई खर्ब ६६ अर्ब ६५ करोड ७१ लाख र ब्याजतर्फ ६२ अर्ब ९४ करोड ९८ लाख रुपैयाँ खर्च भएको हो ।

कुल ऋण सेवा खर्चमा विनियोजित रकममध्ये अब ७३ अर्ब २४ करोड ५७ लाख रुपैयाँ बाँकी रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

नेपालले चालु आर्थिक वर्षको ११ महिनाभित्र सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा मात्रै तीन खर्ब २९ अर्ब ६० करोड रुपैयाँ भुक्तानी गरेको छ ।

कार्यालयका अनुसार; चालु आर्थिक वर्षको ११ महिनामा देशमा सवा दुई खर्ब बढी सार्वजनिक ऋण थपिएर २६ खर्ब ५४ अर्ब ६६ करोड ८ लाख रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  १२ : १४ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर