सरकार दिगो विकास तथा विकासका लक्ष्य हासिल गर्ने दिशातर्फ अघि बढेको छ : अर्थमन्त्री « Khabarhub

सरकार दिगो विकास तथा विकासका लक्ष्य हासिल गर्ने दिशातर्फ अघि बढेको छ : अर्थमन्त्री


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास तथा नेपालले लिएका विकासका लक्ष्य हासिल गर्ने दिशातर्फ सरकार अघि बढेको बताएका छन् ।  

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पौडेलले दिगो विकास तथा नेपालले लिएका विकासका लक्ष्य हासिल गर्न ठूलो मात्रामा लगानीको आवश्यकता रहेकाले वैकल्पिक विकास, वित्त परिचालन सम्बन्धी विधेयक संसद्मा पेश गरेको जानकारी समेत दिए ।

पछिल्लो समय विदेशी लगानी आप्रवाह तथा विकास सहायता परिचालनमा देखिएको प्रवृत्ति र संरचनागत समस्याहरूलाई समेत दृष्टिगत गरी सरकारले विकास वित्तको आवश्यकता पूरा गर्न उक्त विधेयक ल्याएको उनले बताए ।

त्यस्तै उनले सहायता परिचालनलाई प्रभावकारी बनाउन वैदेशिक सहायता परिचालन नीति २०८२ जारी गरिएको र लगानीको वातावरण सुधार गर्न निजी क्षेत्रको सहकार्यमा लगानीसँग सम्बन्धित विभिन्न कानुन सुधार तथा परिमार्जन गरिएको जानकारी दिए ।

यसबाट वैदेशिक लगानी आप्रवाह तथा निजी लगानी विस्तार भई पूर्वाधार निर्माण आर्थिक क्रियाकलाप विस्तार हुने अपेक्षा रहेको उनको भनाइ छ ।

त्यस्तै पौडेलले अन्तर्राष्ट्रिय व्यापारलाई दिगो बनाउन नेपालको निर्यात क्षमता वृद्धि गर्नुपर्ने उल्लेख गर्दै यसको लागि उत्पादन तथा उत्पादकत्व वृद्धि, व्यापारको देशगत र वस्तुगत विविधीकरण, बौद्धिक सम्पत्ति संरक्षण र प्रवर्द्धन, दुई पक्षीय तथा बहुपक्षीय व्यापार सम्झौता एवं प्रभावकारी कार्यान्वयन जोड दिन आवश्यक रहेको धारणा राखे ।  

उनले हरित अर्थतन्त्र विकास गर्न जलवायु सम्बन्धी विश्वव्यापी कोषहरूमा पहुँच कायम गर्दै उत्थानशीलता विकास गर्नुपर्नेमा जोड दिन आवश्यक रहेको बताए । 

यसका लागि आवश्यक पर्ने उच्च लागत र प्राविधिक दक्षताको लागि नेपाललाई विकास साझेदार र विश्व समुदायको सहयोग र साझेदारी पनि उत्तिकै आवश्यक रहेको पौडेलले बताए । 

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  १ : ०९ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक