पशुपतिको व्यंग्यात्मक गीत ‘झोले’ : ओली, देउवा र प्रचण्डकै घानमा राखेर रविलाई पनि टुच्च « Khabarhub

पशुपतिको व्यंग्यात्मक गीत ‘झोले’ : ओली, देउवा र प्रचण्डकै घानमा राखेर रविलाई पनि टुच्च


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोक दोहोरी गायक पशुपति शर्मा कुशल कलाकार हुन् भन्नेमा विमति मत राख्नुपर्ने कारण छैन ।

ठेट नेपाली परिवेशको गीत गाएर उनी दर्शकलाई मनोरञ्जन मात्रै दिँदैनन् । उनी कहिलेकाहीँ राजनीतिक व्यङ्ग्य गरेर आफूलाई सचेत सर्जकका रुपमा पनि उभ्याउँछन्।

उनका गीतको ‘लुट्न सके लुट कान्छा’ले तत्कालीन अवस्थासमेत प्रधानमन्त्री रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै चासोको विषय बनेको थियो ।

तत्कालीन सत्तारुढ दल नेकपाले यसको खुलेरै विरोध गरेको थिथो । त्यस गीतमा उनले नेपालको प्रमुख मध्येको एक भष्टाचार वेथितिबारेका शब्द समावेश गरेका थिए ।

त्यो गीत ०७५ सालमा सार्वजनिक भएको थियो । राजनीतिक कार्यकर्ता खनिएपछि उक्त गीत पशुपतिले युट्युबबाट हटाएका थिए ।

त्यसयता कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पनि प्रधानमन्त्री बने ।

अहिले ओली नै प्रधानमन्त्री छन् । फेरि उनले अर्को गीत सार्वजनिक गरे ‘झोले त तै, झोले त मै’ ।

यो गीतको शीर्षक सिधा एमाले केन्द्रित छ । केही महिनाअघि मात्रै एमालेले ‘झोले’ अभियान चलाएको थियो ।

त्यसबेला एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले समेत सामाजिक सञ्जालमा ‘म झोले हो ।’ लेखेका थिए ।

लगत्तै पशुपतिले ‘झोले’ शीर्षकको गीत निकाल्दा एमालेमाथिको प्रहार भन्ने धेरैले बुझ्न सक्छन् ।

तर, पशुपतिले ओलीसहित प्रचण्ड र देउवालाई पनि छोडेका छैनन् । हाल सहकारी ठगी प्रकरणमा थुनामा रहेका आरोपी तथा नव पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि घोचेका छन् ।

उनले व्यङ्यात्मक रुपमा यी ‘चार शीर्ष नेता सही देखाएर आफूलाई गलत किटान’ गरेका छन् ।

उनको गीत यस्तो छ, ‘केपी नि सही, देउवा नी सही, प्रचण्ड सही, रवि नि सही । खराब त तै, खराब त मै ।’

अर्थात्, उनले रविलाई पनि पुराना दलकै शीर्ष नेताहरुको घानमा मिसाएर घोचेका छन् ।

उनले पार्टीको गलत काममा बोल्न नसक्ने कार्यकर्तालाई पनि गीतमार्फत उडाएका छन् ।

उनले गीतको दोस्रो हरफमा अटाएका छन्, ‘आफ्नो पार्टी त गन्हाउँदा पनि सही, जतालाई भेडा बनाउँदा पनि सही, मन लागेको जे जे बोलेनी सही, नाङ्गो भई सबै खोले नि सही ।’

यति मात्रै होइन । गीतमा पशुपति रवि नेतृत्वको पार्टी रास्वपाप्रति पनि राम्रै असन्तुष्ट देखिन्छन् ।

उनले माओवादी, कांग्रेस र एमालेकै घानमा राखेर रास्वपालाई उडाएका छन् ।

उनले गाएका छन्, ‘कांग्रेस नि सही, एमाले सही, माओवाली सही, रास्वपा सही । झोले त तै, झोले त मै ।’

पशुपति राजनीतिक पार्टीलाई व्यङ्ग्य गर्न सचेत भने देखिन्छन् । उनले कसैप्रति आग्रह वा पूर्वाग्रह राखेका छैनन् ।

पार्टीलाई व्याङ्ग्य गर्न खिचिएको चुनाब र्‍यालीमा उनले चुनाव चिन्ह ‘झोला’ राखेका छन् ।

उनले गायन क्षेत्रमा भएको वेथितिलाई पनि समेटेका छन् । छाडा गाउने हिट बन्दा कुशल गायक गुमानाम बस्नु परेको बाध्यतालाई उनले समेटेका हुन् ।

विभिन्न हर्कत गरेर सामाजिक सञ्जालमा भाइरल बन्ने व्यक्ति र उनीहरुको अन्तर्वार्ता लिने युट्युबरहरुलाई पनि शर्माले व्यङ्ग्य गर्न भ्याएका छन् ।

सामाजिक सञ्जालमा दु:खको खेती गरी पैसा उठाउनेलाई पशुपतिले गीतमा समेटेका छन् ।

सम्रगमा उनले सामाजले खराब मान्ने पात्रहरुलाई सही भनेर व्यङ्ग गरेका हुन् । सँगै यो गीतले सन्देश दिन्छ– खराब पात्रलाई सही मान्ने तपाईं र हामी नै खराब हौं ।

पूरा भिडियो :

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  २ : ०८ बजे

दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल

बागमती– सत्तारुढ दलबीच सहमति नहुँदा बागमती प्रदेशसभाको सभामुख चयन प्रक्रिया

झापामा ‘स्विप अपरेसन’ एक सय अट्ठाइस जना पक्राउ

झापा– लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्ध प्रहरीले सञ्चालन गरेको ‘स्विप अपरेसन’

नेपालले युएईलाई दियो २०१ रनको चुनौती

काठमाडौं– आजदेखि काठमाडौँमा सुरु भएको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगितामा

भूकम्पको एक दशक : राहतका घरमा ताला ठोकेर स्थानीय सहरतिर, गाउँ रित्तै

दोलखा – २०७२ साल वैशाख १२ गते अर्थात त्यो कालो

इजरायल-लेबनान वार्ता प्रयाससँगै क्षेत्रीय तनाव अझ गहिरिँदै

एजेन्सी– युरोपेली परिषद्का अध्यक्ष एन्तोनियो कोस्टाले जलडमरूलाई कुनै पनि प्रतिबन्ध