सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कोपिला भ्याली स्कुलले विश्वकै उत्कृष्ट १० विद्यालयमा पर्न सफल भएको छ । बेलायतस्थित शैक्षिक संस्था ‘टी-फोर एजुकेसन’ द्वारा आयोजित ‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार-२०२४’ मा ‘पर्यावरणीय पहल’ विधा विश्वकै उत्कृष्ट १० विद्यालयभित्र पर्न सफल भएको हो ।
स्कुललाई २०२२ मा कोभिड महामारीपछि सुरु गरिएको टि–फोर एजुकेशमको पहलमा आधारित पाँच उत्कृष्ट पुरस्कारहरूमध्ये वातावरणीय कार्य श्रेणीमा उत्कृष्ट १० स्थानमा छनोट भएको छ ।
यस्तो प्रकारको प्रतियोगितामा नेपालबाट कुनै विद्यालय अन्तिम सूचीमा परेको पहिलो पटक रहेकाले समग्र नेपाली शिक्षा क्षेत्रको प्रतिष्ठा बढाएको कोपिला भ्याली समाजको अध्यक्ष टोपबहादुर मल्लले बताए ।
पाँच विधामा प्रदान गरिने पुरस्कार समुदाय सहकार्य, वातावरणीय कार्य, नवप्रवर्तन, चुनौती पार गर्ने क्षमता र स्वस्थ जीवनशैलीमा एक विश्व निर्णायक मण्डलले विजेता छनोट गर्ने मल्लले बताए ।
भोटका लागि बुधबारबाट मतदान सुरु भइसकेको छ । सबै विजेताहरूको घोषणा २०२५ अक्टोबरमा गरिनेछ ।
चार सय ५० भन्दा बढी विपन्न बालबालिकाहरूलाई शैक्षिक र वातावरणीय शिक्षा प्रदान गर्दै आएको बताए । उनले वातावरणीय दिगोपनालाई शिक्षाको अभिन्न अङ्ग बनाउँदै अध्ययन गराइरहेको विद्यालयका प्रिन्सिपल राजन कार्कीले बताए ।
कर्णालीको प्रदेशको राजधानी सुर्खेतलाई बेश बनाएर कोपिला भ्याली सेवा समाजमार्फत कक्षा १२ सम्मको स्कुल सञ्चालन गरेर टुहुरा तथा बेसहारा बालबालिकालाई आवाससहित निःशुल्क शिक्षा दिइरहेका छ ।
‘आमा–बुवा दुवै नभएकालाई आवाससहित शिक्षा र आमा–बुवामध्ये एउटा गुमाएकालाई अभिभावकको जिम्मामा राखेर निःशुल्क शिक्षा दिने गरेको छ,’ उनले भने, ‘कक्षा–१२ भन्दामाथी पढ्न चाहनेलाई पनि सहयोग गर्दै आएका छौँ । हामीले यहाँ १२ कक्षासम्म त निःशुल्क पढाउँछौँ नै ।’

कोपिला भ्यालीको सुरुवात
कोपिला भ्यालीका अध्यक्ष रहेका मल्ल भारतको ऋषिकेशमा रहेको ऋषिकेशमा रमानाज गार्डेन भन्ने विदेशी संस्थामा काम गरिरहेको बेला बेलामा अमेरिकामा उच्च शिक्षा सकेर खाली समयमा अमेरिका जन्मिएकी म्यागी डोयन भारतमा आइन् । उनी त्यहाँ आएपछि बालबालिकाहरूसँग खेल्ने, सरसफाइ गर्ने जस्ता काम गर्दा त्यहाँ पढ्ने बालबालिका उनको अगाध माया स्नेह गरिन् । उनले त्यही देखि कर्णालीका युवाले मजदुरी गरिरहेको र नेपालमा बालबालिका अध्ययन गरिरहिन् ।
त्यो बेला नेपालमा द्वन्द्व भएका कारणले केही बालबालिका नेपालबाट त्यो संस्थामा पढ्न गएको साना–साना विद्यार्थीका बिषयमा सोधी खोजी डोयनले गरिन् ।
‘त्यो बेला नेपालका ४५ जना बच्चा त्यहाँ थिए । रोजगारी र द्वन्द्वलगायतका कारणले आएका हुन् भनेर मैले म्यागीलाई सुझाए ।’ अध्यक्ष मल्लले भने, ‘एक दिन म्यागीले सुझाव दिइन् । आफू नेपाल जाने । नेपालमा केही काम गर्ने ?’
सन् २००५ (२०६४) मा म्यागी, मेरो अंकल, अंकलको छोरी संगिता नेपालमा ट्राभलमा आएको उहाँहरू सुर्खेत हुँदै पैतल कालीकोट पुगेको, झन्डै एक महिना नेपाल घुमेर फेरि भारत फर्किएको मल्लले बताए ।
म्यागी अमेरिका गइन, नेपालको अवस्था देखेर उनी चिन्तित थिइन् । उनले पाँच रुपैयाँ डरलमा नेपालमा बच्चा पढाउन सकिन्छ भन्ने उनको धारणा रहेको टोपबहादुर सम्झिन्छन् ।
‘म्यागी र मबीच संस्थाको नाम छनोटमा कयौँ छलफल भयो । अन्ततः म्यागीलाई कन्भेन्स गरेर कोपिला भ्याली समाज संस्था नाम राख्यौ ।’ उनले भने, ‘१२ वर्षसम्म भारतमा त्यहीँ क्षेत्रमा काम गरेर कमाएको ११ लाख रुपैयाँ मेरो र म्यागीले अमेरिका रहँदा खुत्रुकेमा जम्मा गरेको झन्डै तीन लाख रुपैयाँले संस्था दर्ता गर्यौँ ।’

वि सं २०६४ सालमा संस्था दर्ता गरिसकेपछि शुरुमै स्कुल सञ्चालन गर्न सक्ने स्थिति नभएको, बालबालिकालाई पढाउने लक्ष्य अभियान शुरु गरेको अवस्थामा कसै हामी पढाउँछौ भन्दा नपत्याएको उनले सम्झिए ।
‘अहिले हामीले साढे चार सय बालबालिकालाई पढाइरहेका छौँ ।’ उनले भने, ‘त्यो बेला हामीले पढाउँछौ भन्दा कसैले पत्याएनन् । धौ–धौ गरेर २५ जना बालबालिकाहरू जम्मा गरेर होराइजन स्कुलमा संस्थाको लगानीमा पढाउन थाल्यौँ ।’
बालबालिकालाई पूर्ण निगरानी गर्दै हेरचाह गरेपछि बिस्तारै संस्थाप्रतिको विश्वास बढ्दै गएको पछि संख्या बढ्न थालेपछि कक्षा–८ सम्म अनुमति लिएर विद्यालय सञ्चालन गरेको थियो ।
०६७ सालमा कोपिला भ्याली स्कुल सञ्चालन गरेर आफै पढाउन सुरुवात गर्यौँ । एक सय ५२ जनाले रोजगारी पाएका छन् । कक्षा–१२ सम्म म्यानेजमेन्ट विषय पढाई हुन्छ । एसईई दिएपछि अन्य विषय पढ्न अन्य विद्यालयमा जान्छन् । त्यो खर्च विद्यालयले नै बेहोर्ने गरेको छ ।
कक्षा–८ मा पढ्ने बालबालिकाहरूमा बचत गर्ने बानीको विकास गर्न र बालविवाह नगरुन् भन्ने हेतुले संस्थाले दश हजारको बचत खाता सञ्चालन गरिदिने गरेको छ । आमा–बुबा वा आमा वा बाबु नभएका बालबालिकाका लागि शिशु कक्षामा भर्ना हुनका लागि प्रत्येक वर्ष ३५ जनाको कोटा खुल्ने र त्यसमा पाँच वर्ष ननाघेको बच्चाको भर्ना लिने गरेको छ ।
विपतमा परेर वा आमा बाबु दुवै गुमाएको बच्चालाई जतिबेला पनि संस्थाले संरक्षण गर्ने गरेको छ । आमाबाबुमध्ये एउटा गुमाएको छ भने, हामीले प्रत्येक शैक्षिक सत्रमा ३५ जनाको दरले भर्ना लिने गरेका छ ।
कस्तो छ वातावरणीय अवस्था
विद्यालयले वातावरणीय दिगोपनालाई शिक्षाको अभिन्न अंगका बनाउँदै आएको छ । विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीलाई वातावरणीय शिक्षा प्रदान गर्दै आएको छ । विद्यालय वरिपरि ग्रिन गार्डेन हुनुका साथै तरकारी उत्पादनदेखि दूध उत्पादन विद्यालय नै गर्दै आएको छ । विद्यालयमा प्लास्टिकको रोक स्कुलका कक्षा कोठामा र शौचालय र भान्सामासमेत वातावरणीय दिगोपना ध्यान दिएको विद्यालयले जनाएको छ ।

वातावरणलाई सफा तथा स्वच्छ राख्नका लागि विद्यालयमा धेरै विद्यालय हाताभित्र विभिन्न प्रकारका वातावरणीय प्रभाव न्यूनीकरण तथा सबलीकरण गरिएको विद्यालयका वातावरण दिगोपना कार्यक्रममा संयोजक सुनिता भण्डारीले बताइन् ।
‘विद्यालयमा हाताभित्रै नै वातावरणीय प्रभाकारिता ल्याउनका विभिन्न कार्यक्रममा सञ्चालनमा रहेका छन्,’ उनले भनिन्,‘जसले गर्दा विद्यार्थीको सिकाइमा ठुलो परिवर्तन ल्याउन सफल भएका छौँ ।’
विद्यालयमा हातामा नै बिरुवाका कारणले विभिन्न चराचुरुङी आउने गरेको, विद्यालय हातामा नै तरकारी उत्पादन गर्ने गरेको बायुप्लान्टबाट भान्सा सञ्चालन गर्ने गरिएको, विद्यालयमा हातामा गाई भैँसी पालेर दूध खाने गरिएको, दूषित पानीलाई रिसाइकल गरेर पुनः प्रयोग गर्ने गरिएको र विद्यार्थीलाई वातावरण मैत्री तरिकाले अध्ययन मिलाएकोले अहिले विश्वभरीका विद्यालयबाट पर्यावरणीय पहल’ विधा विश्वकै उत्कृष्ट १० विद्यालयभित्र पर्न सफल भएको भण्डारीले बताइन् ।
प्रतिक्रिया