रक्षा प्रणाली ध्वस्त पार्‍यौँ, अब इजरायलीहरुले विस्तारै मृत्युवरण गर्ने कि भागेर जाने ? : आईआरजीसी « Khabarhub

रक्षा प्रणाली ध्वस्त पार्‍यौँ, अब इजरायलीहरुले विस्तारै मृत्युवरण गर्ने कि भागेर जाने ? : आईआरजीसी


५ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानको इस्लामिक रिभल्युसनरी गार्ड कोर (आईआरजीसी) ले इजरायलको रक्षा प्रणाली निस्तेज पारेको जनाएको छ । इजरायली आक्रमणको जवाफस्वरुप इरानले सञ्चालन गरेको अपरेशन ट्रु प्रोमिस तीनको १२ औँ चरणको आक्रमणपछि विज्ञप्ति निकाल्दै आईआरजीसीले यस्तो बताएको हो ।

आईआरजीसीले जारी गरेको विज्ञप्तिमा रक्षा प्रणाली ध्वस्त भएसँगै अधिनस्थ प्यालेस्टाइनी भूमिमा बसोबास गर्ने बासिन्दासँग सेल्टरमा विस्तारै मृत्युवरण गर्ने या ती भूभाग छाडेर जाने दुई विकल्प रहेको जनाइएको छ । रक्षा प्रणाली ध्वस्त भएसँगै अब ‘अधिनस्थ भूभागको हवाइ क्षेत्रले इरानी क्षेप्यास्त्र र चालहरहित हवाइ उपकरण ड्रोनलाई अङ्कमाल गर्ने’ विज्ञप्तिमा जनाइएको छ ।

इरानको महर समाचार संस्थाले जनाएअनुसार आईआरजीसीले प्यालेस्टाइनको अधिनस्थ भूमिमा क्षेप्यास्त्र आक्रमणलाई निरन्तरता दिने पनि उल्लेख गरेको छ । आईआरजीसीले इजरायलमा सतर्क गराउने साइरन ‘एक सेकेण्ड पनि नरोकिने’ चेतावनी दिएको महरले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  २ : ५० बजे

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली