लागूऔषध र कर्तव्य ज्यान मुद्दामा फरार दुई जना प्रतिवादी पक्राउ | Khabarhub Khabarhub

लागूऔषध र कर्तव्य ज्यान मुद्दामा फरार दुई जना प्रतिवादी पक्राउ


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– लागूऔषध मुद्दामा १९ वर्ष, कर्तव्य ज्यान मुद्दामा १६ वर्षदेखि फरार रहेका दुई जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । 

लागूऔषध अफिम मुद्दामा १९ वर्षदेखि फरार रहेका लेकबेँसी नगरपालिका–६ का तेजबहादुर गाहामगर र कर्तव्य ज्यान मुद्दामा फरार रहेका चौकुने गाउँपालिका–७ का दलबहादुर सुजी (बिक)लाई प्रहरीले पक्राउ गरेको हो । 

गाहामगरले ३० चैत्र २०६३ लागुऔषध (अफिम) उत्पादन गरेको मुद्दा फरार भएको र खोजतलास गर्ने क्रममा ४ असार २०८२ जिल्ला प्रहरी कार्यालयको टोली र ईप्रका लेकबेशीबाट खटिईएको लेकबेँसी नगरपालिका–६ स्याउली बजार स्थितमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा सूचना अधिकारी मोहनजंग बुढथापाले बताए । उनका अनुसार अदालतबाट पक्राउ पुर्जी दिई अनुसन्धान भइरहेको छ ।

त्यस्तै, चौकुने गाउँपालिका–७ का घर भई हाल बर्दियाको बारबर्दिया नगरपालिका–३ बस्ने ४२ की जलु विकलाई कर्तव्य गरी हत्या गरेको घटनाबाट फरार रहेका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सुजी (बिक) लाई अनुसन्धान तथा खोजतलास गर्दै जाँदा ४ असार २०८२ मा आफ्नै घर वतनमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले फेला पारेको प्रवक्ता तथा सूचना अधिकारी बुढथापाले जानकारी दिए ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ४ : ३२ बजे

समीक्षा : परान भरिएको ‘परान’

फिल्म : परान शीर्ष कलाकार – नीर शाह मुख्य कलाकार : महेश

एमालेमा महाधिवेशन प्रतिनिधि छनौटका सात आधार

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा

नेपाल-भारतबीच ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति

पोखरा- नेपाल र भारतबीचको ऊर्जा सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा