लागूऔषध र कर्तव्य ज्यान मुद्दामा फरार दुई जना प्रतिवादी पक्राउ « Khabarhub

लागूऔषध र कर्तव्य ज्यान मुद्दामा फरार दुई जना प्रतिवादी पक्राउ


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– लागूऔषध मुद्दामा १९ वर्ष, कर्तव्य ज्यान मुद्दामा १६ वर्षदेखि फरार रहेका दुई जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । 

लागूऔषध अफिम मुद्दामा १९ वर्षदेखि फरार रहेका लेकबेँसी नगरपालिका–६ का तेजबहादुर गाहामगर र कर्तव्य ज्यान मुद्दामा फरार रहेका चौकुने गाउँपालिका–७ का दलबहादुर सुजी (बिक)लाई प्रहरीले पक्राउ गरेको हो । 

गाहामगरले ३० चैत्र २०६३ लागुऔषध (अफिम) उत्पादन गरेको मुद्दा फरार भएको र खोजतलास गर्ने क्रममा ४ असार २०८२ जिल्ला प्रहरी कार्यालयको टोली र ईप्रका लेकबेशीबाट खटिईएको लेकबेँसी नगरपालिका–६ स्याउली बजार स्थितमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा सूचना अधिकारी मोहनजंग बुढथापाले बताए । उनका अनुसार अदालतबाट पक्राउ पुर्जी दिई अनुसन्धान भइरहेको छ ।

त्यस्तै, चौकुने गाउँपालिका–७ का घर भई हाल बर्दियाको बारबर्दिया नगरपालिका–३ बस्ने ४२ की जलु विकलाई कर्तव्य गरी हत्या गरेको घटनाबाट फरार रहेका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सुजी (बिक) लाई अनुसन्धान तथा खोजतलास गर्दै जाँदा ४ असार २०८२ मा आफ्नै घर वतनमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले फेला पारेको प्रवक्ता तथा सूचना अधिकारी बुढथापाले जानकारी दिए ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ४ : ३२ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको