जब इञ्जिनियरिङको परीक्षास्थलमा प्रहरी घुस्यो… | Khabarhub Khabarhub

जब इञ्जिनियरिङको परीक्षास्थलमा प्रहरी घुस्यो…


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

बिराटनगर– पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत इञ्जिनियरिङ विषयको छैठौं सेमेष्टरको परीक्षा चलिरहेका बेला मंगलबार बिराटनगरको पोखरियास्थित परीक्षास्थलमा प्रहरीले अचानक छापा हान्यो ।

क्याम्पसको ल्याबमा करारमा कार्यरत कर्मचारी मनिष यादव परीक्षार्थीसँगै गार्ड बसिरहेका थिए । प्रहरीले यादवलाई पार्किङ गरिराखेको स्कुटरको डिक्की खोल्न लगायो ।

यादवको स्कुटरको डिक्कीमा ८० हजार रुपैयाँ नगद र केही उत्तरपुस्तिका फेला प¥यो । उत्तरपुस्तिका केही नलेखिएको खाली अवस्थामा थियो ।

विश्वविद्यालयको कर्मचारी स्रोतले खबरहबलाई दिएको जानकारी अनुसार विद्यार्थीसँग मिलेमतो गरेर आर्थिक लेनदेनका आधारमा बाहिरैबाट प्रश्नपत्र आउट गरी उत्तर पुस्तिकामा लेख्न लगाउने कार्य भइरहेको उजुरी परेपछि प्रहरीले परीक्षास्थलमा छापा मारेको थियो ।

तर, यादव भने आफूमाथि गलत आरोप लगाइएको बताउँछन् । यादवले खबरहबसँग भने, ‘मैले एकठाउँमा तिर्नुपर्ने रकम डिक्कीमा राखेको थिएँ, उत्तरपुस्तिका चाहिँ अस्ति पानी परेका कारण डिक्कीमा राखेको थिएँ, भुलबस त्यो निकाल्न बिर्सिएको रहेछ । तर, यो विषयलाई अहिले मिडियामा मेराविरुद्ध ठूलो इस्यु बनाउने काम भयो ।’

यादवको स्कुटरमा भेटिएको रकम र उत्तरपुस्तिकाबारे प्रहरीले लिखित मुचुल्का खडा गरेको छ । यसबारे विश्वविद्यालयले आफैं छानविन गर्ने वचन दिएपछि प्रहरीले यादवलाई पक्राउ नगरी मुचल्का बनाएर छाडिदिएको हो ।

इञ्जिनियरिङको परीक्षामा विगतदेखि नै धाँधली र चलखेल हुने गरेको विश्वविद्यालयकै कतिपय कर्मचारीको गुनासो छ । ती कर्मचारीको दाबीअनुसार प्रहरीले शंकास्पद व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाउनुपर्नेमा विश्वविद्यालय प्रशासनसँगको मिलेमतोमा त्यत्तिकै छाडिदिएको गुनासो बढेको छ ।

तर, प्रहरी भने केही नलेखिएको उत्तरपुस्तिका भेटिएकाले प्रमाण नपुगी व्यक्तिलाई पक्राउ गर्न नसकिने जनाएको छ ।

विश्वविद्यालयका एक कर्मचारी भन्छन्, ‘इञ्जिनियरिङको परीक्षामा ठूलो चलखेल हुने गरेको हामीलाई आशंका छ । तर, यो घटनापछि न कसैमाथि कारवाही भयो, न त परीक्षा नै रोकिएको छ । पुरानै टिमबाट परीक्षा गराउने काम भइरहेको छ ।’
असार १८ देखि शुरु भएको इञ्जिनियरिङ छैठौं सेमेष्टरको परीक्षा साउन १९ सम्म चल्ने तालिका रहेको छ ।

मंगलबारको घटनापछि पूर्वाञ्चल विश्वविद्यालयले पूर्वपरीक्षा नियन्त्रण मोहनबहादुर बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानबिन समितिसमेत बनाइसकेको विश्वविद्यालय स्रोतले बतायो ।

विश्वविद्यालयका कतिपय कर्मचारी भने यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको सीआईबीले समेत छानविन गर्नुपर्ने बताउँछन् ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ४ : ४३ बजे

प्रधानमन्त्रीद्वारा बान्टमवेट च्याम्पियन विजेता रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले म्याट्रिक्स फाइट नाइट (एमएफए १७)मा

भीरबाट लडेर एक पुरुषको मृत्यु

हुम्ला– हुम्लाको अदानचुली गाउँपालिकामा बाख्रा चराउन वनमा गएका एक पुरुषको

सडक निर्माण अलपत्र हुँदा असन क्षेत्र अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– ढुङ्गा छाप्न भनेर खनिएको बाटोमा समयमा काम नभएपछि काठमाडौंको

भटौली खोलाको बाढीले पक्की पुलमा क्षति, सवारी आवागमन बन्द

रामेछाप– रामेछापको भटौली खोलामा रहेको पक्की पुलमा बाढीले क्षति गरेपछि

फैसला कार्यान्वयनमा सक्रियता बढाउँदै चितवन प्रहरी

चितवन– विभिन्न आपराधिक कार्यमा संलग्न रहेर फरार भएका एक हजार