मोरङको लेटाङमा नेपालकै सबैभन्दा ठूलो जाँतो ! « Khabarhub

मोरङको लेटाङमा नेपालकै सबैभन्दा ठूलो जाँतो !


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

लेटाङ, मोरङ — आधुनिक प्रविधिको विकाससँगै मानिसले दैनिक प्रयोग गर्न छाडेकाले जाँतो हराउँदै गएको छ । ढुंगा कुँदेर बनाइने परम्परागत जाँतोको मोरङको लेटाङमा स्मरण गराउन खोजिएको छ । लेटाङमा नेपालकै सबैभन्दा ठूलो जाँतो अहिले पर्यटकको रोजाई बनिरहेको छ ।

लेटाङ नगरपालिका–९ मा करिब १५ धुर क्षेत्रफलमा फैलिएको उक्त जाँतो हाल सार्वजनिक अवलोकनका लागि खुला गरिएको छ।

देशको प्रमुख पूर्व-पश्चिम राजमार्गबाट ८ किलोमिटर दूरीमा रहेको जाँतो राखिएको ठाउँमा अहिले पर्यटकहरूको घुइँचो लाग्न थालेको छ।

उक्त जातो कोशी सरकारको १० लाख रुपैयाँको सहयोग र स्थानीयवासीको ४ लाख बराबरको जनश्रमदानमा निर्माण गरिएको हो।

जाँतोसँगै आकर्षक पार्क पनि निर्माण भइसकेको छ, जसले पर्यटकहरूलाई थप आकर्षण प्रदान गरिरहेको छ।

लेटाङ-९ का वडाध्यक्ष नन्दकिशोर दाहालले भने, ‘गाउँघरमा कहिल्यै नछुट्ने जाँतो अहिले इतिहास बन्दै गएको छ । यसलाई आधुनिक स्वरूपमा पुनर्जीवित गरेर पर्यटन प्रवर्द्धन र सांस्कृतिक संरक्षण दुवैलाई सघाउने उद्देश्य राखिएको छ ।’

जाँतोबाट नै मोरङको जाँते क्षेत्रको नामकरण गरिएको हो । यो जाँतो ग्रामीण संस्कृति र पहिचानको प्रतीक पनि बनेको छ। अब यो स्था सांस्कृतिक धरोहरसँगै आन्तरिक पर्यटनको नयाँ केन्द्र बन्दै गएको छ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ६ : १५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ