टाटासुमोका १० मध्ये आठजना चालक लागुऔषधको नशामा भेटिए « Khabarhub

टाटासुमोका १० मध्ये आठजना चालक लागुऔषधको नशामा भेटिए


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बल्खुस्थित सुमो काउन्टरमा कार्यरत सवारी चालकहरूले लागुऔषध सेवन गरेर गाडी चलाएको पाइएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक अपीलराज बोहोराका अनुसार बुधबार पक्राउ परेका १० मध्ये ८ जना चालक लागु औषधको नशामा थिए।

मंगलबार १२ बजेदेखि ३ बजेसम्म काठमाडौं महानगरपालिका–१४ बल्खुमा गरिएको चेकजाँचमा उक्त खुलासा भएको हो।

स्थानीय सर्वसाधारण र यात्रुहरूको गुनासोको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो र नेपाल प्रहरी अस्पतालसँगको समन्वयमा उनीहरूको चेकजाँच गरिएको थियो।

चेकजाँचमा लागुऔषध सेवन गरेका ८ जना चालकलाई नियन्त्रणमा लिई लागू औषधसम्बन्धी कसुरमा जिल्ला अदालत, काठमाडौंबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सवारी चालकहरू नशामा रहेकाले सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुहरूको सुरक्षामा गम्भीर खतरा देखिएको छ। प्रहरीले चेकजाँचलाई थप कडाइ गर्ने जनाएको छ।

पक्राउ परेका चालक

  1. प्रदीप बि.क. – उदयपुर, लिमचुङ गाउँपालिका–५; हाल बल्खु, काठमाडौं
  2. सन्तोष नेपाल – बारा, निजगढ नगरपालिका–५; हाल बल्खु, काठमाडौं
  3. धिरज जैसवाल – बारा, गढिमाई नगरपालिका–१०; हाल बल्खु, काठमाडौं
  4. अनुराग कुमार – बारा, पर्सीनी गाउँपालिका–३; हाल बल्खु, काठमाडौं
  5. राम गुरुङ – तनहुँ, बन्दीपुर नगरपालिका–६; हाल बल्खु, काठमाडौं
  6. निलेश संग्रौला – झापा, बेशिनगर नगरपालिका–९; हाल बल्खु, काठमाडौं
  7. विराज कार्की – उदयपुर, रौतामाई गाउँपालिका–५; हाल बल्खु, काठमाडौं
  8. गोमन तामाङ – काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–८; हाल बल्खु, काठमाडौं

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ७ : ५६ बजे

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले

एसईई परीक्षा सुरु (तस्बिरहरू)

काठमाडौँ– यस वर्षको एसईई आजदेखि सुरु भएको छ । परीक्षा

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका

बालाजुको बाइसधारा मेला (तस्बिरहरू)

काठमाडौँ– चैत शूक्ल पूर्णिमा दिन आज ऐतिहासिक महत्व बोकेको काठमाडौँको

सिर्जनाको शरीरमा कसले लगायो आगो ? प्रहरीले अझै फेला पारेन सुराग

काठमाडौँ- चैत १४ गते शनिबार राति करिब १२ बजेतिर नेपालगञ्ज–१२