नेपालले लियो नेदरल्याण्ड्सको चौथो विकेट « Khabarhub

नेपालले लियो नेदरल्याण्ड्सको चौथो विकेट


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले टस जितेको छ ।

स्कटल्याण्ड्सको ग्लासगोमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ रोजेका हुन् । अहिले ब्याटिङ गरिरहेको नेदरल्याण्डले ७ ओभरको खेल सकिँदा चार विकेट गुमाएर ५८ रन बनाएको छ ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी र रुपेश कुमार सिंहले एक एक विकेट लिएका छन् । नेदरल्याण्ड्सले एक विकेट रन आउटका रुपमा गुमाएको हो ।

नेपाल आज लगातार दोस्रो जितको खोजीमा रहेको छ । मङ्गलबार भएको खेलमा नेपालले स्कटल्याण्ड्सलाई २ विकेटले पराजित गरेको थियो ।

त्यसअघि सोमबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेदरल्याण्ड्सले भने यस शृङ्खलामा दुई जित निकालेको छ । आइतबार घरेलु टोली स्कटल्याण्डसँग नेदरल्याण्ड्स ३९ रनले पराजित भएको थियो । त्यसपछि नेदरल्याण्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा पराजित गरेको थियो भने बुधबार भएको खेलमा स्कटल्याण्ड्सलाई १७ रनले हराएको थियो ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ८ : २३ बजे

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले

पूर्वप्रधानमन्त्री ओलीको आज शल्यक्रिया हुँदै

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको

सलहेश फूलबारी मेलामा भक्तजनको चहलपहल

सिरहा– नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष वैशाख १ गते

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका आशिफ शेखले